मूल प्रवाह श्रीगंगानगरद्धारा १२० जनालाई उद्धार

श्रीगंगानगर, ५ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भारतस्थित नेपालीहरुको विचमा आँखाको नानी जस्तै प्यारो संगठन हो । संगठनका निरन्तर जनसेवाका गतिविधिहरुको साथसाथै केन्द्रीय निर्देशन तथा गाइडलाइनको पालना गर्दै निरन्तर निर्धक्कसाथ जोस जागर र उमंगका साथ गल्लीगल्ली गाउँवस्ती र शहरमा क्रियाशील भएकै कारण भारत भरीका नेपालीहरुले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई आफूहरुको अभिभावकको गरिमाको उपाधी दिरहेका छन् ।

मूल प्रवाहको यहि गौरवशाली इतिहासलाई निरन्तर नयाँ उचाईमा पुराउन सयौं कार्यकर्ताहरुको अतुलनीय योगदान रहेको छ । विश्वव्यापी कोरोना महामारीको कारण गत करिव ढाइ महिनाको समय भारतभर लडकाउनको कारण अनगिनती समस्याहरु झेल्दै आइरहेका नेपाली श्रमिकहरुलाई प्रथम चरणमा राहात वितरण गरि २ महिनासम्म उद्धार गरिएको थियो तर समस्याको स्थायी समाधानको लागि लामो समयसम्मको लागि बेरोजगार हुने संभावना भएका श्रमिकहरुलाई स्वदेश पठाउने कार्यमा निरन्तर विभिन्न नगर समितिहरुको स्वपहलमा लागिरहेको संदर्भमा नगर समिति श्रीगंगानगरको पहल तथा सक्रियतामा गत २१ मईदेखि नै नेपालीहरुलाई लगातार उद्धार गरि न्यूनतम् किरायमा स्वदेश पठाउने क्रम जारी छ ।

केन्द्रीय सदस्य कृष्ण जीसी र केन्द्रीय सदस्य एवं क्षेत्रीय सचिव त्रिभुवन भटृटराईको विशेष पहल एवं नगर अध्यक्ष गिरु प्रसाद न्यौंपाने, सचिव वसन्त भण्डारी लगायत नगर समितिको सक्रियतामा आज पनि १२० जनालाई स्वदेश पठाइएको छ । जसमा प्युठान नगरपालीका ४५ जना, ऐरावती गा.पाका ४ जना, दाङका १० जना र झिमरुक गा.पाका ६१ जना रहेका छन् ।

उक्त वसहरुमा यात्रा गरिरहनुभएका श्रमिकहरुको आ–आफना गाउँपालिका तथा नगरपालिकाहरुसँग सम्पर्क भइसकेको र जेठ २५, २०७७ अर्थात (७ जुन २०२०) का दिन बिहान कृष्णानगर बोर्डरमा पालीकाहरुबाट गाडिहरु आइ उद्धार गरि आ–आफ्ना स्थानीय निकायमा कोरेन्टाइनमा राख्ने व्यवस्था समेत भइसकेको मूल प्रवाहका केन्द्रीय सदस्य एवं क्षेत्रीय सचिव त्रिभुवन भट्टराईले जानकारी दिनु भएको छ ।

स्मरण रहोस् श्रीगंगानगर नगर समितिले यसभन्दा पहिला पनि करिब २२० जना श्रमिक नेपालीहरुलाई स्वदेश पुर्याई आ–आफ्ना स्थानीय निकायमा कोरेन्टानइमा राख्ने व्यवस्था समेत मिलाई सकेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार