मृगौला पीडित दान बहादुरलाई मूल प्रवाहद्वारा ४८ हजार सहयोग

शंकर प्रसाद पोख्रेल,

बुटवल । गुल्मी जिल्ला फोक्सिङ घर भै हाल रुपन्देहीको सैनामैना नगरपालिका ३ बस्दै आएका दान बहादुर थापाको दुबै मृगौलालाले काम गर्न छोडेको लामो समय भएको छ । उनी अहिले डाइलेसिसको भरमा जीवन उनको श्रीमतीले बताइन ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हैदराबाद नगर समितिका सह–सचिव कुल बहादुर रेस्मीबाट रु नेपाली बत्तिस रु. ३२,०००/– हजार, खिम बहादुर पल्लीबाट रु. १,६००/- नेपाली मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता प्रेम पौडेलको पहलमा उठेको रकम रु. १४,४००/– गरि जम्मा टोटल नेपाली रु. ४८,०००/– मूल प्रवाहका हैदराबादका नेता कुल बहादुर रेस्मीले मृगौला पीडित दान बहादुर थापालाई उनी बस्नी स्थान मुर्गिया राम्बस्तिमा पुगि हस्तान्तरण गर्नुभएको थियो ।

उक्त नगद रकम हस्तान्तरण कार्यक्रममा जनजाति सम्मेलन जिल्ला अध्यक्ष गुल्मीका गुमान सिंह पुन र राजमो सक्रिय कार्यकर्ता हरि बहादुर पुन मगर र राम कृष्ण खासुको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार