मृतक गीर बहादुर केसीका आफन्तजनको खोजी गरौं

चेन्नई । गीर बहादुर केसी नामका एकजना युवकले चेन्नईमा आफ्नै कार्यस्थलमा आत्महत्या गरेका छन् । उनी साविक धरम्पानी गाबिस ९, जिल्ला प्युठान, निवासी एक बहादुर केसीका बर्ष ४६ का छोरा गीर बहादुर केसी हाल चेन्नईको सुङकुमारन स्ट्रिटमा अबस्थित “देवान मेस”मा १ बर्षदेखि कार्यरत थिए ।

गीर बहादुरले २१ अगस्त २०२० तदानुसार ५ भाद्र २०७७ (तीजका दिन) करिब ३ः४५ अपराह्न काम गर्ने बिल्डिङको छतमा पानीको ट्याङकीमा चढ्ने भर्याङ्मा रसिको पासो लगाएर झुण्डीएर आत्महत्या गरेको वि–२ पोलिस स्टेशन, प्यारिस चेन्नईले जनाएको छ ।

सोही पोलिस स्टेशनले दिएको जानकारी अनुसार चेन्नई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष महेन्द्र बस्याल र पश्चिम नगर अध्यक्ष हेमराज रिजालले पुलिस चौकीमा पुगी जानकारी प्राप्त गर्नुभएको छ । गीर बहादुर केसीको पार्थिव शरिर राजीव गांधी सरकारी हस्पिटलमा राखिएको छ । आफन्तजनले खबर पाएको खण्डमा 9444288256 मा सम्पर्क गर्न अनुरोध गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार