मेथीका ६ फाइदाहरु

१. मेथीको सेवनले भोक बढाउँनुका साथै पित्त, वाथ, कफ र ज्वरोको समस्याबाट राहत दिलाउँछ ।

२ . मेथीमा स्पर्म काउन्ट र क्वालिटी राम्रो हुने भएकाले दैनिक यसको सेवनले बाँझोपनको समस्याका लागि अत्ति उत्तम हुँन्छ ।

३. मेथीले मृगौलालाई स्वस्थ राख्न, ग्याष्ट्रिक, सुगर नियन्त्रण गर्न, पेटको जलन र एसिडिटी पनि हुनबाट जोगाउँन सहयोग पुर्याउँछ ।

४. भिजाएको मेथिदनाको सेवनले डाइजेशनमा सुधार आउँछ । कब्जियत लगायत अन्य समस्यालाई हटाउन मद्दत गर्छ । यसले शरीरबाट विषाक्त पदार्थलाई निकालेर त्वचालाई स्वस्थ बनाउँछ । शरीरमा आउने घाउ खटिरा, डन्डीफोर जस्ता समस्याबाट बचाउँने गर्छ ।

५. दैनिक मेथीको सेवनले कालो,लामो ,बाक्लो र कपाल झर्ने समस्या पनि रोकिन्छ । यसले डाइजेशनमा सुधार ल्याउँछ, जसले कब्जियत र एसिडिटीको समस्याबाट छुटकारा दिलाउँछ । यसले पाइल्सको समस्याबाट मुक्ति दिलाउँछ ।

६. मेथीको सेवनले हृदयघात, पाचन प्रणाली बलियो बनाउँने , र बढी पिसाब लाग्ने वा यूरिन इन्फेक्शन जस्ता समस्यालाई कम गर्न सहयोग गर्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार