मेरो देश

 गिरीप्रसाद बुढा

हिमाली उच्च फेदीमा अनेकौँ बस्ती सञ्जाल
यहाँ संसारमा मेरो, मजाको शान्त नेपाल
म मेरो देशको माया कदापि भुल्न सक्दैन
म आवारा लफङ्गा झैँ नशामा डुल्न सक्दैन

तराईको सिरानीमा गुँरासे लेक हाँसेको
गुराँसे लेक पाखामा किसानी दाजु नाचेको
म न्यानो प्रेम अँगालो फिजाई देश कस्दै छु
म आफ्नै देश धर्तीमा सुनौलो स्वर्ग रच्दै छु

अनेकौँ जात÷जातिले मिलेको देश मेरो यो
अनेको धर्म भाषाले बनेको भेष मेरो यो
कैयौँ ठुला लडाइँको कथा बोक्दै जुटेको हो
कैयौँ भोका र नाङ्गाको खलो पोत्दै उठेको हो

अझै खाँचो छ देशैमा युवा हाम्रो जवानीको
गरौ हामी दिलैदेखि अझै धेरै लगानी यो
धनी साँच्चै छ पानीको, धनी साँच्चै छ खानीको
सदा सुम्पन्छु देशैमा म मेरो जिन्दगानी यो
(विधाता छन्द)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार