म हनुमान र हलि

जनक पौडेल (पाण्डेचरी)

मलाई जहाँ विश्वास छ
त्यसको परिधि भित्र रहन्छु
ईमान्दारिता पुर्वक
सकेको काम गर्दछु
जव मन लाग्दैन
सक्दिन भनि हट्दछु।

म रामको हनुमान पक्कै होईन
तर विधिको हनुमान हुँ
म कुनै ब्यक्तिको हुनुमान होईन
आस्थाको हनुमान पक्का हुँ।

म मुखियाँको हलि होईन
तर कर्तब्यको हलि अवश्य हुँ
मेरो विश्वास जहाँ छ
म हलि मात्र होईन
गोठालो पनि हुँ ।

त्यसैले
म मेरो कर्तब्य पुरा गर्दा
तिम्रो नजरमा हलि बने पनि
म आफ्नो विश्वासमा निरन्तर लाग्दा
तिम्रो नजरमा हनूमान बने पनि
मलाई कुनै मतलव हुने छैन
मेरो मन मष्तिकमा
विश्वास लाग्दा संम
मलाई गर्व नै लाग्दछ यो यात्रा
लक्ष्य प्राप्ती नगर्दा संम ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार