यसरी सुक्छन् खोलाहरु

गोविन्दप्रसाद आचार्य

भनेको कुरा नपुग्दा टाउको ठोकेर हुँदैन ।
भिरबाट लड्ने गाईलाई कसैले काँध थाप्दैन ।
विलाई जाने खहरे कसैले चिन्ता गर्दैन ।
झिंगाको सराप पाएर डिंगा त कैलै मोरर्दैन ।

म भन्दा अर्को कोइ छैन भन्नेको सेखी तोडिन्छ ।
भरको हुन्न खहरे आखिर विलाई गइजान्छ ।
सुन्य रातमा पोखेको आवाज कसले सुन्ने हो ।
सुन्य रातमा फालेका शव्दका छर्रा कसलाई हो ।

क्रमिक पाइला नचाले लडेर खुट्टा भाँचिन्छ ।
पखेटा छैन उड्नलाई रहर सारा कुँजिन्छ ।
भगौडा धेरै देखियो खहरे खोला सुकेको ।
धम्किका सिङ भाँचिए पुच्छर लुकाई भागेको ।

चित्रको बाघ देखेर अवुजमात्र डराउँछ ।
भगौडा गाली नगर गालीले गला दुखाउँछ ।
ओतको छानो थुतेर पशुले मात्र चपाउँछ ।
संसार हाक्ने हिम्मत हलुङगो पात उडाउँछ ।

हारेका मनले हिमाल उफ्रेर कसले ढाल्यो र ।
उत्तेजनाको जहर पिएर कसले जियो र ।
घटना धेरै घटेथेँ उत्तेजनाका जहर
उफ्रेर आकाश छुनलाई केटा केटीको रहर ।

रहरका खोला बगेथेँ सुकेर कहाँ बिलाए ।
गर्जेर पानी नपार्ने क्या ठूला बादल विलाए ।
पानीको सानो छिटाले न माटो गल्छ भिजाउँछ ।
पर्ला कि पानी भनेर बेकारका हल्ला फिँजाउँछ ।

गरेको खेती उखेल्ने बाँदरको मित्र हुन्न र ।
छटपटी भावमा उडेको हावाको मन हुन्न र ।
कता हो जाने विलाउने विगत यस्तै भएकोे ।
रिसको रन्को दिमागमा रन्थनावट छुटेको ।

बाँदरलाई आगो दिएर घरको छानो पोलिन्न ।
फलेका फल बाँदरलाई सुम्पेर कोही बस्दैन ।
दुइचार कुरा जानेर संसार हाक्न कठिन ।
न हुति तागत विश्वास भरमा पर्न सकिन्न ।

पानीको सानो फोकाले फुटेर सागर बन्दैन ।
उत्तेजनाको लहडले सुन्दर विहान आउँदैन ।
म भन्दा बाटो को छर जो आप्mनो दिलको लहड ।
लहडमा कोइ हिड्दैन विचरा विचार पकड ।

स साना द्वन्द तरङ्घ युगको बाटो हुदैन ।
धिरता अनि थिरता लहडसंग हिड्दैन
विलाउने मन छ विलाउँ विगत राम्रो पढेर ।
लक्ष्यमा कैलै पुगिन्न हावाको विमान चढेर ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार