यस्तो नाटक

– उपप्रा.डा. गोविन्द आचार्य

अख्तियारले समाउाछ अदालतले छोड्दिन्छ ।
अदालतको न्यायाधीसले कति घुस लिन्छ ?
न्यायाधीशको सम्पत्ति कसले छानबिन गर्ने हो ?
घुस लिएर छोडिदिने कैलेसम्म हो ?
यस्तै चलन हो भने देश बन्दै बन्दैन ।
अदालतले अख्तियारलाई गन्दै गन्दैन ।
पिउन सुब्बा खरदारको लिनु हुर्मत लिएको ।
पहुाचवाला डाकालाई सफाइ दिएको ।
न्यायाधिशलाई अङ्कुस लाउने कानुन किन बनेन ?
त्यसैले त अख्तियारलाई गन्दै गनेन ।
अख्तियारलाई निकम्मा अदालतले बनायो ।
घुस लिएर छुटाउनेले देशै गन्हायो ।
कोहीनकोही आउनु पर्‍यो देश बनाउने आाटको ।
अन्याय निस्ती कानुन छलढााटको ।
हुनेखाने पहााचवाला अदालतले छुटाउाछ ।
यो देशलाई अदालतको लुतो चिलाउाछ ।
अदालतमा न्याय छैन दु:ख पाउन जाने हो ।
अन्यायको चड्कन देशले कति खाने हो ।
अख्तियारले सााढे बााध्छ अदालतले फुकाउाछ ।
बलमत्त धनमत्त झनै मातिन्छ ।
दात नभा’को कानुनले मकै केले चपाउाछ ।
कोही बेला त चपाएको नाटक देखाउाछ ।
न्यायाधीशको घुसको कलम चुचो सारै छुचो छ ।
छुचो कलम घुस लिएर ठुला उम्काउाछ ।
अरू देशमा देशप्रमुख मन्त्री नेता झुण्डिन्छन् ।
यो देशमा गल्ीत गर्ने सबै उम्किन्छन् ।
गल्ती गर्ने डाका जित्छन् चुनावको नटकमा ।
पञ्चायतका कुकुर भुक्छन् देशको संसदमा ।
परिक्षामा अङ्क थपी आफ्ना हुन्छन् सफल ।
अदालतले गराइदिन्छ तिनलाई अब्बल ।
कााचो कानुन कााचातर्क घुमाउन सकिन्छ ।
अदालतमा घुसले मुद्दा पक्कै जितिन्छ ।
अदालतमा न्याय छैन पीडित कहाा जाने हो ?
यस्तो चलन कहिलेसम्म देशमा चल्ने हो ?
कानुनका बन्द ढोका न्यायाधीशले खोल्दिन्छ ।
ढोकाबाट गल्ती गर्ने सहज उम्किन्छ ।
यो देशमा अपराधीले दुधकुण्डमा नुहाउाछ ।
कर्मकाण्डे अदालतले चोखो पारिन्छ ।
अपराधीलाई चोखाउने अदालतको काम हो ।
अदालत अपराधीको तीर्थस्थल भो ।
समाउने र छुटाउने दाजुभाइको तालमेल ।
अपराधीलाई यो देशमा जैले कमाल ।
कालो गोरो आउनेजाने युगौादेखि भएको ।
कसले देख्यो जनताले दु:ख पाएको ।
जनताका मान्छे भन्छन् आउाछन् आाखा छोपेका ।
जो आए नि ढुकुटीमा दोहन गरेका ।
पढेका छन् पढाउाछन् चोर्ने कला डकैती ।
अदालतलाई अङ्कुश लाउने देशमा खै नीति ?
संविधान थारो गाईको दुहे दुध आउादैन ।
भन्नै पर्छ जनताले खोस्टो चाहिादैन ।
रगत अझै सुक्या छैन लछप्पै छ माटोमा ।
देश हिडेन के गर्ने हो सहिद बाटोमा ।
शासकको भाषणले गति कहिलै रोकिन्न ।
हेर सत्य हत्केलाले सूर्य छेकिन्न ।
पढ्ने लेख्ने मानिसको दिमाग बेची खा’का छौ ।
ढुकुटीलाई रित्तो पारी तिमी आ’का छौ ।
पदमा बसी काम नगर्ने मुर्दा हो कि मानिस ।
मुर्दा भनौ कात्रो छैन हैन मानिस ।
पश्चगमन हैन अब अग्रगति लिने हो ।
सहिदको सही पथमा देश हिड्ने हो ।
गर्नेलाई मौका दिन्नन् नगर्नेले हसुर्ने ।
नातावादी शासनलाई अब हटाउने ।
धाकधम्की गल्छन् ढल्छन् विगतमा कराए ।
समयले ल्याउाछ आाधी ढले डराए ।
हातखुट्टा दाात छैनन् कानुन मुढो भइसक्यो ।
समयले पर्खिदैन बुढो भइसक्यो ।
अदालतको ढोकाभित्र पस्नु पर्दा डर लाग्छ ।
न्यायाधीशको फैसलाले मुटु चिसिन्छ ।
आन्दोलन हुन्न भन्छन् सत्ताधारी विचरा ।
आन्दोलनको आाधी भन्छ युग नडरा ।
सांसदहरू सुत्ने घुर्ने संसद भवन भएको ।
राती किन निदाउादैन शङ्का रहेको ।
नीति बनाउनेको गति देख्दा देश अत्तियो ।
अदालतले सफाइ दियो चोर उम्कियो ।
तिनै हुन्छन् न्यायाधीश हाम्मलाई न्याय दिलाउने ।
न्याय हो र जनतालाई विष पिलाउने ।
रङ्गेहात समाएकाहरू पनि छुट्या छन् ।
कागज प्रमाण हराएको नाटक रच्याछन् ।
खायो कसले कागज प्रमाण तरकारीको रूपमा ।
डुल्दै हावा आयो कि त कर्मचारी रूपमा ।
सम्झौताले आन्दोलनको सही बाटो छेकियो
अग्रगामी सोचलाई पनि भत्काइयो ।
भन्सारमा धन्सार छ कर्मचारी ताक्या’छन् ।
सही घुम्ने कलमलाई उल्टो घुमाउाछन्
हिजो गल्ती देख्ने आाखा आज बन्द भएछन् ।
घुसको बाटो पैसाको रङ देख्या’छन् ।
आन्दोलनलाई हामी हैन डाक्ने तिमी हुने छौ ।
चोरबाटोबाट ठगी गल्ती गर्दै छौ ।
यस्तो देश बनाउने अदालत नचाइने ।
हत्कडी र नेलझेल पनि नचाहिने ।
जनताको पसिना चोर डाकालाई नदिने ।
काम गर्न लगाउने हो जेलमा नथुन्ने ।
अन्न खान दिने हैन जेलमा थुनी राखेर ।
हक सबको बराबरी काम गरेर ।
कमिलालाई मार्न हुन्न मानिसको धारणा ।
न्याय दिन्न जिउादै मार्छ अदालतमा ।
न्यायाधीशको मनपरी छताछुल्ल पोखियो ।
पोशाक छैन अदालतको नाङ्गै देखियो ।
यति नाङ्गो अदालत कतिञ्जेल देख्ने हो ।
न्यायाधीशलाई पोशाकले कहिले छोप्ने हो ।
उमेर ढााटी किन बस्छन् न्यायाधीशको कुर्चीमा ।
अराजकता अति भयो हेर देशमा ।
मान्छे कहाा पुगिसके हामी कहाा जाादैछौ ।
युगौादेखि अन्यायको लात्ती खाादै छौ ।
घुसले देश डसिसक्यो ऋणले टुपी समाउाछ ।
उमेर ढााटी न्यायाधीशले पैसा कमाउाछ ।
कर्मचारी अङ्क थप्ने परीक्षामा मनपरी ।
मरेको दिमाग चिन्तन बन्छ के गरी ?
समाजले बुझिसक्यो अब डर हरायो ।
बुझेर त भन्न थाल्यो न्याय हरायो
कहिा पनि हुन्न सुख जुकाहरू पालेर ।
देश पक्कै बनाउने हो झारपात फालेर ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार