यात्रामा सतर्कता न अपनाउदा फेरी लुटिए एक नेपाली

खिमराज चालिसे
चंडीगढ़, १२ अक्टुवर । नेपालीहरुको महान पर्व वडा दशैं–तिहारको समयमा प्रदेशबाट मिठो सपना साँचेर स्वदेश फर्कने नेपालीहरु सबैभन्दा बढि लुटिने गरेका घटनाहरु विभिन्न समाचार माध्यममा अत्याधिक आउने गर्दछन् ।

त्यी लुटिनेहरु लगभग–लगभग सबैले यात्राको दौरानमा सतर्कता र सजगता न अपनाएकै कारण लुटिएका रिपोर्ट मिल्ने गरेका छन् ।

यसै बीच मुगु जिल्ला, सोरु गाउँपालीका वार्ड नम्बर ११ धिमाल तलीवाडा घर वताउने हरि बहादुर मल्लका ३१ वर्षिय छोरा कविराज मल्ल हिमाचल प्रदेशको जुव्वलमा गत ढाइ महिना पहिला १२ जना लेवरहरु लिएर स्याउटिप्ने काममा गएका थिए ।

उनी यसवर्षको दशैं काठमाडौंमा स–परिवार सहित मनाउने सुन्दर सपना सांचेर भारु ६० हजार रुपैयाँ, लत्ताकपडा सहितको झोला, तिनपेटी स्याउ, एक मोबाइल, आवश्यक सरसामानहरु सहित १० अक्टुवर दिन स्वदेश जान हिडेका थिए ।

उनी हिमाचलको शिमला आइपुग्दा २ जना नेपालीहरुसँग सोहि वसमा परिचय भएछ उनीहरुले पनि आफुहरु पनि रुपडिया वर्डर हुँदै दाङ जाने बताएको कविराज मल्लले बताए । उनले साथीमिलेको अनुभुती भएको र झट्टै उनीहरुको विश्वास गरि ती दुइ जना व्यक्तिले दिएको जुस पिएको समेत बताए ।

त्यसपछि उनलाई के भयो थाहा भएन । अचानक १२ अक्टुवरको कविराज व्युझींदा आफुसँग भएको ६० हजार रुपैयाँ नगद, लत्ताकपडा सहितको झोला, तिनपेटी स्याउ, एक मोबाइल, आफुले लगाएका जुता, व्रेसलेस, घडि समेत लुटिएको थाहा पाए । उनी स्थानिय रिक्सा चालकको सहयोगमा सेक्टर २८ चंडिगढमा पुगेका थिए ।

त्यहाँ उनीसँग भालाकुसारी गर्दा नेपालमा उनको श्रीमती मंजु जैसी (मल्ल) सँग कुराकानी समेत भयो । उनी अहिले काठमाडौं स्थित वसुंधरा चक्रपथमा रहेको वताउँदै उनले पैसा पठाइदिने कुरा गरि पिडीत श्रीमानलाई जसरी पनि स्वदेश पठाइदिन आग्रह गरिन् । उनको वारेमा सत्यतथ्य वुझ्न हिमाचलमा उनका आफ्ना लेवरहरु र वगानका मालिकसँग समेत सम्पर्क गरेपछि मालिक प्रकाश थापाले पाँच हजार रुपैयाँ पठाएर उनलाई नेपाल पठाईदिन आग्रह गरेका छन् ।

यसरी नेपालीहरुले यात्राको दौरानमा सतर्कता नअपनाउँदा र नेपाली भन्ने वित्तीकै तुरुन्त विश्वास गर्दा वारम्वार यसप्रकारका घटनाहरु घटिरहने गरेका छन् । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले यस्ता विषयलाई गम्भिरता पुर्वक लिंदै समय समयमा सिमानामा जुलूस, पत्रकार सम्मेलन, गर्ने र स्थानिय प्रशासनदेखि दुबैदेशका राष्ट्र प्रमुखहरुसम्म समेत उपरोक्त विषयमा ध्यानाकर्षण गराउँदै गरिरहेको छ । तर पनि जबसम्म आम नेपालीहरु सजग तथा सतर्क रहँदैनन् यस प्रकारका असमाजिक तत्वहरुबाट सोझा नेपाली श्रमिकहरु लुटिने, कुटिने र खतरा रहिरहने छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार