यी हुन् मानवअधिकार उल्लंघनकर्ता राज्य र तत्कालिन माओवादी पक्षका २८६ जना

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकार उल्लंघन गर्ने दुई सय ८६ जनाको नाम सार्वजनिक गरेको छ । तत्कालीन माओवादीले गरेको जनयुद्धको समयमा भएका घटनामा संलग्नसहित २८६ जना मानवअधिकार उल्लंघनकर्ताको नाम आयोगले सार्वजनिक गरेको हो ।

आयोगले तत्कालीन प्रधानसेनापति प्याराजंग थापा, तत्कालीन प्रहरी महानिरिक्षक कुवेरसिंह राना र पूर्वगृहसचिव नारायणगोपाल मलेगोलाई मानवअधिकार उल्लंघनकर्ताको सूचीमा राखेको छ। पूर्व प्रधानसेनापति थापालाई भैरवनाथ गणबाट कम्तिमा ४३ जना बन्दी बेपत्ता बनाइएको घटनामा जिम्मेवार ठहर गरिएको छ ।

आयोगले नाम सार्वजनिक गरेका उल्लंघनकर्ताको विवरणमा निजामती कर्मचारी १६ जना, नेपाल प्रहरी ९८, नेपाली सेनाका ८५, सशस्त्र प्रहरीका ८, नेकपा माओवादीका ६५, शिक्षक ४, चिकित्सक २, मावअधिकारकर्मी १ र अन्य ७ जना रहेका छन्।

२० वर्षको अवधिमा एक हजार एक सय ९५ वटा घटनामा दोषीमाथि कारबाहीको लागि सरकारलाई सिफारिस गरिएको अध्यक्ष अनुपराज शर्माले जानकारी दिनुभयो । सिफारिस गरिएकामध्ये सबैभन्दा बढी घटना व्यक्ति हत्यासँग जोडिएका छन्।

आयोगले कारबाहीको सिफारिस गरेका कैयौं सार्वजनिक पदाधिकारीहरूमाथि अझै कारबाही भएको छैन । कतिपयले त उल्टै पदोन्नती पाएका छन् ।

मानव अधिकार उल्लंघकर्ताको सूचीमा सुराकी, प्रतिकार समूह, कैदी, मानव अधिकारकर्मी गरी ७ जना छन् । तीमध्ये ३० जनामाथि मात्रै कारबाही भएको छ भने दुई सय ५६ जनामाथि कुनै कारबाही नभएको आयोगले जनाएको छ।

मानव अधिकार उल्लंघकर्ताको सूची हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार