युगदर्शनका अध्यक्ष आनन्द शर्मा डिस्चार्ज

काठमाडौं । कोरोना संक्रमणका कारण अस्वस्थ भएर अस्पताल भर्ना हुनुभएका युगदर्शनका अध्यक्ष तथा राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्मा डिस्चार्ज हुनुभएको छ । एक हप्ताको अस्पताल बसाइपछि उहाँ बिहीबार डिस्चार्ज हुनुभएको हो ।

कोरोना संक्रमण भएपछि नेता शर्मा गएको शुक्रबार काठमाडौंको ह्याम्स अस्पताल भर्ना हुनुभएको थियो । एक हप्ता अस्पतालमै रहेर उपचार गराएर स्वास्थ्यमा सुधार आएपछि उहाँलाई डिस्चार्ज गरिएको हो ।

अहिले स्वास्थ्यमा उल्लेख्य सुधार भएको नेता शर्माले बताउनुभयो । केही दिनदेखिको उच्च ज्वरो हटेको छ भने खोकी र जीउ दुखाई पनि कम भएको उहाँले जानकारी दिनुभयो । घरमै थप उपचार र आराम गर्न चिकित्सकले सल्लाह दिएको उहाँले बताउनुभयो ।

नेता शर्माको पुरै परिवार कोरोना संक्रमणबाट पीडित बनेको हो । उहाँका श्रीमती राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सुधा शर्मा र छोरा शीशिर पनि कोरोना संक्रमित बन्नुभएको छ । उहाँहरु हाल घरमै आइसोलेसनमा रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार