युवक संघको प्रशिक्षणात्मक भेलापछि समिति पुनगर्ठन

प्युठान । अखिल नेपाल युवक सङ्घ स्वर्गद्वारी नगरपालिकाको प्रशिक्षणात्मक भेला सम्पन्न भएको छ । भेलाले कुबेर भण्डारीको अध्यक्षतामा १५ सदस्यीय समितिको पुनर्गठन गठन गरेको छ ।

पुनर्गठित समितिको उपाध्यक्षमा प्रकाश घर्तीमगर, सचिवमा तिलक बिष्ट, सहसचिवमा देविराम भण्डारी र कोषाध्यक्षमा बालाराम कालाथोकी चयन हुनुभएको छ । त्यसैगरी, समितिको सदस्यहरूमा मेरमान रोका, होमलाल रोका र तिलक कालाथोकी रहनुभएको छ । समितिको वैकल्पिक सदस्यहरूमा दुजबहादुर घर्ती, नमराज खड्का र मनोज पुनमगर हुनुहुन्छ । त्यस्तै समितिको सल्लाहकारमा मिनराज पुन, धनबहादुर घर्ती र रोमबहादुर रोका रहनुभएको छ ।

प्रशिक्षणात्मक भेलाको प्रमुख अतिथि जनजाति सम्मेलनका सल्लाहकार वीरबहादुर पुन, विशेष अतिथि अखिल (छैठौं) का केन्द्रीय सचिव सुवाश जिसी, अन्उ अतिथिहरूमा अखिल नेपाल युवक सङ्घ प्युठान जिल्ला उपाध्यक्ष कमल पौडेल, सचिव वरुणध्वज मल्ल, अखिल नेपाल शिक्षक सङ्घका बुद्धिराम पुन, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका दिनेश केसीलगायत हुनुहुन्थ्यो ।

भेलाको अध्यक्षता मिनराज पुनले र सञ्चालन गङ्गाराम बिसीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार