युवक संघ कञ्चनपुरको भेला सम्पन्न

महेन्द्रनगर । अखिल नेपाल युवक संघ कञ्चनपुरको सातौं जिल्ला भेला महेन्द्रनगरमा सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले हरि शर्माको अध्यक्षतामा नौ पूर्ण र दुई वैकल्पिक गरी ११ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा गिता नेपाली, सचिव दशरथ सुवेदी, कोषाध्यक्ष विष्णु पन्त, सदस्यहरुमा मानव विक, रावल श्रेष्ठ, देवु जैसी रहनुभएको छ ।

भेलाको उद्घाटन युवक संघका केन्द्रीय सचिव प्रशान्त थापाले गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार लोकेन्द्र लम्साल, तराई मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरी, जातीय समता समाजका केन्द्रीय उपाध्यक्ष गोविन्द विक, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुकं) सुदूरपश्चिम प्रदेश संयोजक जनक कुंवर, राजमो जिल्ला सचिव अहिमान थापा, सहसचिव लाल बहादुर कुंवर, अखिल (छैठौं) जिल्ला सचिव पुष्कर भट्टले शुभकामना दिनुभएको थियो ।

अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष अमिर कुंवरको अध्यक्षता र उपाध्यक्ष दशरथ सुवेदीले सञ्चालन गर्नुभएको कार्यक्रममा संघका प्रदेश सदस्य भुपेन्द्र भण्डारीले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार