यो कसरी असल मित्र ?

जनक पौडेल, पाण्डेचरी

सगरमाथा मेरो भन्दै हिड्छ
वुद्धको जन्म आफै दावी गर्छ
संसारमा झुट प्रचार गर्छ 
अनयासै नाकाबन्दी गरि 
हामीलाई तड्पाउछ ।

विश्वलाई भ्रम छर्न 
पशुपतिनाथ 
नक्कली खडा गर्छ
कहिँ लुम्बिनी भन्दछ 
कहिँ वुद्धको शालिक बन्दछ ।

छिमेकीलाई हैकम चलाउछ 
अरुको अस्तित्व स्विकार्दैन 
मात्र हुकूम चलाउछ
जहाँ पुग्यो त्यहि 
आफु मालिक ठान्दछ 
हामीलाई प्रहार गर्दछ।

प्राकृतिक स्रोत सम्पदा 
मेरो देशको शुन्दरता 
दुष्ट्रको निद हराम भयो 
एक पछि अर्को गर्दै 
सिमा मिच्दै आयो ।

त्यसैले..

पिडामा रमाउने 
मौका हेरी हेरी लुट्ने 
झुटको महल खडा गर्ने 
शुन्दरताको डाहाँ गर्ने 
छिमेकीको विश्व भरी 
अफवाह फैलाउने 
छिमेकीलाई दास ठान्ने 
दुष्ट्रलाई कसरी मित्र मान्ने ?

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार