रक्तिम पाल्पाकी उपाध्यक्ष कुशुम दर्लामीको निधन

तानसेन । रक्तिम सांस्कृतिक अभियान पाल्पाकी उपाध्यक्ष कुशुम दर्लामीको निधन भएको छ ।

गत जेठ १० गतेदेखि भरतपुर क्यान्सर अस्पतालमा उपचाररत रहेकै बेला २०७८ जेठ १८ गते साँझ उहाँको निधन भएको हो ।

कुशुमकी पिता राष्ट्रिय जनमोर्चा गुल्मीका सचिव छविलाल सर्तुङीका अनुसार उहाँलाई सुरुमा रगतसम्बन्धी समस्या देखिएको थियो ।

पहिला खुट्टा सुन्निनेजस्ता समस्या देखिएपछि पछिल्लो समयमा कोभिड सङ्क्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि कुशुमलाई भरतपुर अस्पतालमा भर्ना गरिएको थियो ।

३३ वर्षीय कुशुमका पति विशाल दर्लामी राजमो पाल्पाका अध्यक्ष हुनुहुन्छ । उहाँहरूका एक छोरा रहेका छन् ।

पारिवारिक श्रोतका अनुसार कुशुमको आजै रिडीमा दाहसंस्कार गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार