रत्नागिरी लैजाने भनिएका १५० जना यात्रुहरु सुरतमा अलपत्र

सुरत । धनगढिदेखि महाराष्ट्रको रत्नागिरी जान हिंडेका १५० जना यात्रुहरु गुजरातको सुरतमा अलपत्र परेका छन् । उनीहरुलाई बर्दादेवी नाम गरेको ट्रावल्सले धनगढिदेखि सुरत पुर्याएको यात्रुहरुले बताएका छन् ।

आफूहरुलाई चर्को भाड़ा अशुल गरि महाराष्ट्रको रत्नागिरीसम्म पुर्याउने भनिए ता पनि सुरतसम्म मात्रै बीच बाटो मै अलपत्र पारेकोले सास्ती खेप्नु परेको बताए ।

सो बारे जानकारी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज वापी पश्चिम नगर समितिमा प्राप्त हुना साथ नगर अध्यक्ष निखिल रावत सुरत पुगि ति अलपत्र परेका यात्रुहरुलाई बस व्यवस्था गरि रत्नगिरीका लागि पठाएको जानकारी रावतले हामीलाई गराएका छन् ।

रावतले १५० जनालाई यात्रुहरुलाई अलपत्र पारेकोले सम्बन्धित निकायको जानु पर्ने र दोषीलाई कारवाही हुनुपर्ने बताएका छन् । हालसम्म बर्दादेवी ट्रावल्सको सुरत अफिस भने सम्पर्कमा नरहेको बताइएको छ । धनगढिमा सम्पर्क गर्दा पनि उनीहरुले रिस्पोन्स नदिए निखिल रावतले हामीलाई बताउनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार