केशव गाहा (पाल्पाली)
रहर कसलाई थियो र परदेशी हुनलाई
जहान परिवार सम्झेर धरधरी रुनलाई ।।
बुझिदे सरकार नेपाली जनताको दुख पींडा
नपार बाध्यतामा अर्काको जुठाभाँडा धुनलाई ।।
उकाली र ओराली बोकेर हलो कुटो र कोदाली
देशमै सदुपयोग गर्छौं पसिना र खुनलाई ।।
कुर्चीकै लडाईमा देशको विकास हराई सक्यो
उडेर मानिसले लौ हेर छोईसके जूनलाई ।।
दलाली छोडेर देशप्रेमी बन ए दुष्ट नेता हो
रोकेर रोकिदैन विकासको गन्तव्य छुनलाई ।।