रहेनन् पूर्व सांसद ढुंगेल

भक्तपुर । २०७० सालमा भक्तपुर क्षेत्र नं २ बाट निर्वाचित पूर्व सांसद रामेश्वरप्रसाद ढुंगेलको मंगलबार निधन भएको छ। शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौमा उपचारको क्रममा दिउँंसो तीन बजे उनको निधन भएको हो।

नेपाली कांग्रेस भक्तपुरका अध्यक्ष दुर्लभ थापाका अनुसार उनी तीन दिनदेखि त्यहाँं उपचाररत थिए। लामो समयदेखि क्यान्सरबाट पीडित उनको मष्तिस्कघातका कारण मृत्यु भएको उनले जनाए।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा न ५ कटुञ्जे निवासी उनी पञ्चायतकालमा त्यहाँंका प्रधानपञ्च भएका थिए। साथै उनी दुई पटक कटुञ्जे गाविसको गाविस अध्यक्ष पनि भइसकेका थिए। उनका तीन छोरी छन्। उनको मंगलबार राति नै पशुपति आर्यघाटमा दाहसंस्कार हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार