राजमोका सांसदलाई देखाएर सत्ताको रोटी नसेक्न पियारी थापाको चेतावनी

पोखरा । गण्डकी प्रदेशका सांसद पियारी थापाले राष्ट्रिय जनमोर्चाका सांसदलाई देखाएर सत्ताको रोटी सेक्ने काम नगर्न चेतावनी दिनुभएको छ ।

प्रदेश सभामा प्रस्तुत बजेटका सिद्धान्त र प्राथमिकताका छलफलमा भाग लिँदै सांसद थापाले राष्ट्रिय जनमोर्चाका सांसदबारे अनर्गल प्रचार गर्ने अधिकार सत्तारुढ दललाई कहाँबाट आयो ? भनि प्रश्न गर्नुभयो ।

उहाँले बर्तमान सरकारलाई हेर्ने राष्ट्रिय जनमोर्चाको स्पष्ट दृष्टिकोण रहेको बताउँदै पार्टीको निर्देशन उल्लंघन गर्ने व्यक्ति राजमोको कार्यकर्ता हुन नसक्ने दाबी गर्नुभयो ।

सांसद थापाले बर्तमान अल्पमतको सरकारलाई बजेट प्रस्तुत गर्ने अधिकार नभएको जिकिर गर्नुभयो । उहाँले आफ्नै भविष्यको सुनिश्चितता नभएको सरकारले प्रदेशबासीको भविष्य बनाउँछु भन्नु हास्यास्पद भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार