राजमोका ३ नेता पक्राउ

कैलाली । प्रधानमन्त्री केपी ओली र उपप्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला जलाउने क्रममा कैलालीमा राष्ट्रिय जनमोर्चाका तीन नेता पक्राउ परेका छन्।

राजमो कैलाली जिल्ला सचिव जगतप्रसाद जोशी, अखिल नेपाल युवक संघका केन्द्रीय सचिव प्रसान्त थापा र अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय कोषाध्यक्ष खड्क रानालाई प्रहरीले पक्राउ गरेको राजमो महासचिव मनोज भट्टले जानकारी दिनुभयो ।

अखिल नेपाल युवक संघ, सुदूरपश्चिम प्रदेश समितिले प्रधानमन्त्री ओली सरकारले चालेको असंवैधानिक कदम र उपप्रधानमन्त्री महतोको विखण्डनकारी अभिव्यक्तिका विरुद्ध सोमबार धनगढीस्थित राजपुरमा पुत्ला दहन गरेको हो ।

कार्यक्रमस्थलबाट नियन्त्रणमा लिइएका उहाँहरु तीनैजनालाई केहीबेरअघि छोडिएको पक्राउ परेका युवक नेता प्रसान्त थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार