राजमोको चौथो राष्ट्रिय सम्मेलनलाई मसालको शुभकामना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले बुटवलमा जारी राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन सफलताको कामना गरेको छ । मंगलबार महामन्त्री मोहनविक्रम सिंहले पार्टीको तर्फबाट सम्मेलन सफलताको शुभकामना दिनुभएको हो ।

विद्यमान राजनीतिक र सामाजिक व्यवस्थामा आमूल परिवर्तन, लोकतन्त्र, गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षता तथा जनजीवनसँग जोडिएका राष्ट्रिय प्रश्नमा राजमोले लामो समयदेखि लगातार सक्रिय र सङ्घर्षशील भूमिका खेल्दै आएको महामन्त्री सिंहले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

‘अहिलेसम्म प्राप्त उपलब्धिको रक्षा गर्ने, जनताका समस्याको समाधान गर्न अहिले पनि सबै देशभक्त, जनतान्त्रिक शक्तिहरू एकताबद्ध हुनु आवश्यक छ र त्यस प्रकारको भूमिकाले नै जनतालाई पनि व्यापक रूपले एकताबद्ध गर्न र परिचालन गर्न सक्ने छ’ भन्दै महामन्त्री सिंहले राजमोको यो चौथो राष्ट्रिय सम्मेलनले पनि त्यो दिशामा प्रभावशाली भूमिका खेल्नका लागि सही नीति र कार्यक्रम निर्धारित गर्ने छ र सही नेतृत्वको पनि चनाव गर्ने छ भन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार