राजमो अध्यक्ष केसीद्वारा सिंहको शीघ्र स्वास्थ्यलाभको कामना

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । सोमबार विज्ञप्ति प्रकाशित गरी अध्यक्ष केसीले उहाँकोे स्वास्थ्यमा सुधार हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ ।

महामन्त्री सिंहलाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँ हाल घरमै उपचाररत रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मसालले जनाएको छ ।

विज्ञप्तिमा केसीले भन्नुभएको छ,नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री कामरेड मोहनविक्रम सिंह कोभिड–१९ बाट सङ्क्रमित हुनुभएको छ । परिवारिक स्रोतले दिएको जानकारीअनुसार होम आइसोलेसनमा का। दुर्गा पौडेल सहित परिवारका अन्य सदस्यहरूको प्रत्यक्ष रेखदेखमा उहाँको उपचार भइरहेको छ । उहाँकोे स्वास्थ्यमा सुधार हुँदै जानेछ भन्ने विश्वासका साथ हामीले उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार