राजमो अर्घाखाँचीद्वारा दुई जनालाई पार्टीबाट निष्कासन

टेकराज भुसाल, अर्घाखाँची ।
राष्ट्रिय जनमोर्चा जिल्ला समिति अर्घाखाँचीले दुई जना पार्टी सदस्यलाई पार्टीबाट निष्कासन गरेको छ। पार्टीको हित विपरित कार्य गरेको भन्दै राम बसु र बुद्दी गैरेलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो।

राजमो जिल्ला अध्यक्ष थम्मन केसीले बुधवार एक विज्ञप्ती जारी गर्दै राम बसु र बुद्दी गैरेलाई निष्कासन गरिएको उल्लेख गर्नुभएको छ ।

विज्ञप्तिमा विगतमा राजमो र जनवर्गीय संगठनमा आवद्ध केही व्यक्तिले राष्ट्रिय जनमोर्चाको नाममा कथित राष्ट्रिय जागरण अभियान चलाएको हुँदा भ्रममा नपर्न नेता तथा कार्यकर्तालाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार