राजमो केन्द्रीय कार्यालयबाटै नेताहरु गिरफ्तार

काठमाडौं । भारतले लिपुलेकमा सडक निर्माण गरी नेपालको सार्वभौमिकतामाथि आँच पुर्याएको विरुद्ध राष्ट्रिय जनमोर्चाले गरेको प्रदर्शनका क्रममा काठमाडौंबाट नेता कार्यकर्ताहरु गिरफ्तार भएका छन् । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका कपनस्थित राजमो केन्द्रीय कार्यालयबाटै मंगलबार ८ जना नेताहरुलाई गिरफ्तार गरिएको छ ।

यस्तै, कलंकी चोकबाट चार जनालाई गिरफ्तार गरिएको राजमो केन्द्रीय कार्यालयले जनाएको छ । कपनस्थित केन्द्रीय कार्यालयबाट जुलुशसहित सुकेधारा जाने क्रममा कार्यालय अगाडिबाटै नेताहरुलाई पक्राउ गरी प्रहरीले भ्यानमा हालेको थियो ।

नेकपा (मसाल) बागमती प्रदेश प्रवक्ता समीर सिंहले दिनुभएको जानकारीअनुसार राजमो केन्द्रीय कार्यालयबाट प्रहरीले राजमो नेता आनन्द शर्मा, अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरवराज रेग्मी, राजमो नेता वासु पोख्रेल, नेकपा (मसाल) बागमती प्रदेशमा प्रवक्ता समीर सिंह, रक्तिम सांस्कृतिक अभियानका कोषाध्यक्ष विष्णु शर्मा, केन्द्रीय सल्लाहकार मधु क्षेत्री, राजमो कार्यकर्ता मदन पाण्डेलाई गिरफ्तार गरिएको थियो । गिरफ्तारी हुँदै गर्दा राजमो नेता आनन्द शर्माले संक्षिप्त मन्तव्य राख्नुभएको थियो ।

रत्नपार्कका पनि कार्यक्रम सुरु हुँदै गर्दा प्रहरीले राजमोका नेता-कार्यकर्तालाई गिरफ्तारी गरेको छ । गिरफ्तारीमा पर्नेहरूमा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, राजमोका केन्द्रीय सचिव हिमलाल पुरी, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी र महासचिव रामबहादुर बुढा, अखिल (छैठौं) का अध्यक्ष विमल पोख्रेल, अखिल नेपाल कानुन व्यवसायी संघका महासचिव लक्ष्मणदेव पाण्डे, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का धर्म सिमाली र नारायण आचार्य, महिला नेतृ मनु विक, विष्णु ओली, युवक संघका विकास भुसाल, मधु जिसी र हेमराज भुसाल हुनुहुन्छ ।

काठमाडौँकै कलंकीमा राजमोले सीमा अतिक्रमणका विरुद्ध जुलुस गर्दै गर्दा प्रहरीले गिरफ्तारी गरेको छ । गिरफ्तारीमा पर्नेहरूमा राजमोका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, राजमो काठमाडौंका अध्यक्ष झविन्द्र बेलबासे, राजमो काठमाडौंका नेताहरू अमर पौडेल र गुरुप्रसाद पौडेल हुनुहुन्छ ।

गोंगबुमा भने प्रहरीको आँखा छल्दै बिजीमल अगाडि विरोधसभा सम्पन्न भएको छ । सभालाई नेकपा (मसाल) काठमाडौंका प्रवक्ता जगतप्रसाद रेग्मीले सम्बोधन गर्नुभएको छ ।

कार्यक्रममा राजमो केन्द्रीय सदस्य घनश्याम न्यौपाने, अखिल नेपाल युवक संघका केन्द्रीय सचिव भक्त विक, अखिल नेपाल राष्ट्रिय उद्योग–व्यापार संघका महासचिव आरबी फुयाँल, राजमो नेता विनोद फुयाँल, महिला नेतृ मञ्जु आचार्यलगायतको उपस्थिति रहेको थियो ।

वनस्थलीमा पनि राजमो काठमाडौँको आयोजनामा जुलुस निकाल्दै गर्दा प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको छ । यसरी गिरफ्तारीमा पनेहरूमा अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, केन्द्रीय सदस्यहरू लक्ष्मी केसी र ऋतु केसी, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका अध्यक्ष लालबहादुर थापा, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का अध्यक्ष नारायण सापकोटा, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सल्लाहकार रमेश पौडेल, राजमो नेताहरू तुफान केसी, हिरा केसी, जीवन सेन, गायत्री केसी र विमला थापा हुनुहुन्छ ।

यस्तै, कलंकी चोकबाट चार जनालाई गिरफ्तार गरिएको राजमो केन्द्रीय कार्यालयले जनाएको छ । राष्ट्रिय जनमोर्चाले आज उपत्यकाका पाँच स्थानमा विरोध प्रदर्शनको आयोजना गरेको हो । यस्तै, सीमा अतिक्रमणका विरुद्ध देशका विभिन्न स्थानमा विरोध प्रदर्शन तथा भारती प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार