राजमो रौतहटका उपाध्यक्ष शेख सलाउदीनको कोरोना संक्रमणबाट निधन

काठमाडौं । राष्ट्रिय जनमोर्चा जिल्ला समिति रौतहटका उपाध्यक्ष शेख सलाउदीनको कोरोना संक्रमणका कारण निधन भएको छ । रौतहटको राजपुर नगरपालिका वडा नं. १ पिपरा, भगवानपुर निवासी सलासदीनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको हो ।

उहाँको निधनमा राष्ट्रिय जनमोर्चाले गहिरो शोक व्यक्त गरेको छ । राजमो महासचिव मनोज भट्टले शनिबार शोक विज्ञप्ति प्रकाशित गरी लाउदिनको निधनले राष्ट्रिय जनमोर्चा तथा वामपन्थी आन्दोलनलाई अपूरणीय क्षति भएको जनाउनुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘२०७८ जेठ ७ गते रौतहट जिल्ला, राजपुर नगरपालिका वडा नं. १. पिपरा, भगवानपुर निवासी राष्ट्रिय जनमोर्चा जिल्ला समिति रौतहटका उपाध्यक्ष शेख सलाउदीनको नारायणी अञ्चल अस्पतालमा कोरोनाबाट संक्रमित भइ निधन भएको खबरले हामीलाई निकै दुःखी तुल्याएको छ ।

मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ । का. शेख सलाउदिनको निधनले राष्ट्रिय जनमोर्चा तथा बामपन्थी आन्दोलनलाई अपूरणीय क्षति भएको छ ।’

यस्तै, राजमो रौतहट जिल्ला अध्यक्ष हरिकिशोर महतोले पनि शनिबार शोक विज्ञप्ति प्रकाशित गरी मृतकप्रती हार्दिक श्रद्वाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार