रामेछापका कार्कीको परिवारलाई आर्थिक सहयोग

उद्धब मगर, दोहा कतार ।

दुबैको मिडिल इष्टस्थित सुमी सेक्युरिटी गार्ड कम्पनीमा काम गर्दागर्दै मृत्यु भएका रामेछाप जिल्लाको रामेछाप नगरपालिका–७ सिम्लेका रमेश कार्कीको परिवारलाई नेपालीहरुले आर्थिक सहयोग गरेका छन्।

सो कम्पनीमा विगत ७ वर्षदेखी कार्यरत कार्कीको गत अगस्त १६ तारिखका दिन वेवारिसे शव फेला परेको थियो । साथमा मोबाइल, पर्स, सम्बन्धित देशको अधिकारीक आईडी कार्डसमेत नभएको अबस्थामा शव फेला परेपछि उनको हत्या भएको आशंका गरिएको थियो । त्यस सम्बन्धमा आबुधावि प्रहरीले छानबिन गरिरहेको बताइएको छ ।

सहकर्मीको हत्या भएपछि सोही कम्पनीमा कार्यरत सामाजिक अभियन्ता ऋतु लो तामाङको पहलमा नेपालीहरुले आर्थिक संकलन गरी मृतकका परिवारलाई पठाएका छन् । तामाङको अगुवाईमा रमेश पौडेल र ललित लुङगेली मगरले पहल गरी नगद पाँच लाख ११ हजार ८७ रुपैयाँ पठाइएको तामाङले जानकारी दिनु भयो । सो रकम मृतक रमेश कार्कीको छोरा निराजन कार्कीको हिमालयन बैंक खाता नं ०४३०८९०६८००१७, मा पठाइएको हो ।

मृतक रमेश कार्कीको नेपालमा श्रीमती कल्पना कार्की, १५ वर्षका छोरा निराजन कार्की, दीर्घरोगि आमा, बाबा गरी जम्मा ४ जनाको परिवार रहेका छन् । उनको घरको अवस्था अत्यन्तै कमजोर रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार