रायगढमा प्रशिक्षण कार्यक्रम सम्पन्न

रायगढ, २१ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रायगढ नगर समिति अन्तर्गत तारा एरिया समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । क्षेत्रीय सदस्य शन्त बहादुर थापा र केशव गाहाको बिशेष उपस्थितिमा सो प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

करन महरको अध्यक्षता तथा तिलक गोतामेको सञ्चालनबाट कार्यक्रम अगाडि बढेको थियो । प्रशिक्षण कार्यक्रममा केशब गाहाले सम्पूर्ण प्रशिक्षार्थीलाई प्रवासीको समस्या, हकहित, संगठनको आबस्यकताको बारेमा, सीमाना अतिक्रमण र राष्ट्रघाती एमसीसी सम्झौताको बारेमा प्रष्ट्याउनु भएको थियो ।

त्यस्तै शन्त बहादुर थापाले संगठनमा अनुशासनको आबस्यकता र संगठनको गतिबिधिको बारेमा प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा व्यापक सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार