रायगढ र अलिबागमा मनाइयो अन्तराष्ट्रिय श्रमिक महिला दिवस 

रायगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने रायगढ नगर समितिको आयोजनामा न्हावामा ११०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम तथा राष्ट्रघाती एमसीसी सम्झौता बिरुद्ध कार्यक्रम सम्पन्न पारिएको छ ।
रीतु त्रामुको सञ्चालन तथा मिना राहाडी अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रम मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रिय सल्लाहकार अनन्त राहाडीको प्रमुख आतित्थ्यता रहेको थियो । त्यस्तै नगर अध्यक्ष जितमान सिंजाली, जनजाति बिभागका श्याम त्रामु, नगर सदस्य केशव गाहा, दिनेश वाग्ले, न्हावा एरिया समितिका अध्यक्ष देव कुँवर, तारा एरिया समितिका अध्यक्ष करन महर, महिला बिभाग ताराबाट मिना सिलवाल, महिला बिभाग न्हावाबाट पूर्णिमा थापाले अतिथिको आसन ग्रहण गर्नु भएको थियो ।
अतिथि आसन ग्रहण पछि शहिदहरूप्रति १ मिनेट मौनधारण पछि भीमा थापाले स्वागत मन्तव्य दिनु भएको थियो ।
प्रमुख अतिथि राहाडीले महिला हिंसा अत्याचार बिरुद्ध महिलाहरुलाई एकजुट हुन अनुरोध गर्नुका साथै राष्ट्रघाती सम्झौता एमसीसी नेपालमा लागु हुन नदिन सम्पूर्ण देशभक्त जनतान्त्रिक शक्तिहरु एकतावद्ध भएर अगाडि बढ्न अनुरोधर गर्नुभएको थियो । बोक्सीको नाममा महिलालाई दिनडहाडै कुटपिट गर्ने, मानव मलमूत्र खुवाउनेदेखि ज्युँदै जलाउने कामसम्म भएका छन् । बलात्कारजस्ता घटनाले महिलाहरू आफ्नै घरपरिवार, आफन्तजन, छिमेकी सबैबाट असुरक्षित छन् । एसिड प्रहार, कुटपिट, घरबाट निकालाजस्ता घटनाले महिलालाई दिनानुदिन प्रताडित गरिरहेको छ । यस्तो महिला हिंसाका कारण दिन–प्रतिदिन प्रताडित हुनु महिलाको मात्र समस्या होइन, समग्र समाज र सिङ्गो देशकै चुनौतीको विषय भएकोले यस प्रकारको अवस्थामा महिला हिंसा विरुद्धको आन्दोलनलाई अझै संगठित रूपले अगाडि बढाउनुपर्ने प्रमुख अतिथि राहाडीले जोड दिनु भयो ।
अन्य अतिथिहरुले महिला हकअधिकारको बारेमा आ–आफ्नो मन्तव्य दिनुभएको थिया ।
अन्तमा कार्यक्रम समापन पछि भव्य रुपमा रक्तिम सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
अलिबाग,
त्यस्तै सोही क्षेत्रीय समिति अन्तर्गत अलिबागमा महिला नगर विभागको आयोजनामा ११० औं श्रमिक महिला दिवस सम्पन्न पारिएको छ ।
शान्ता पुनको सन्चालन तथा मिना गुरुङको अध्यक्षता अगाडि बढेको सो कार्यक्रममा केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष खुमबहादुर पुनको प्रमुख आतित्थ्यता रहेको थियो  । कार्यक्रममा क्षेत्रीय समितिबाट तेज बहादुर थापा, नगर समितिका अध्यक्ष मधु पुनले अथितीको आसन ग्रहण गर्नुभएको थियो ।
ज्ञात अज्ञात शहिदहरुको संझनामा एक मिनेट मौनधारण पछि अनिता गुरुङले स्वागत मन्तव्य दिनुभएको थियोे ।
प्रमुख अतिथि पुनले देशमा महिला हिंसाका घटना कैयौँगुना बढेको, रोजगारीको नाममा महिलाहरू स्वदेश तथा विदेशमा बेचिएका, दाइजोको नाममा महिलाहरू ज्युँदै जलाइएका, छाउपडी प्रथाको नाममा अकालमा मृत्युवरण गर्नुपरेका छन् यस प्रकारका गतिविधिहरुलाई रोक्नका लागि महिलाहरु नै संगठित रुपमा अगाढि बढ्नु पर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार