राष्ट्रिय जनमोर्चा कञ्चनपुरद्वारा शुक्लाफाँटा नगरपालिकालाई ध्यानाकर्षण

पुष्कर भट्ट/महेन्द्रनगर ।।
राष्ट्रिय जनमोर्चा कञ्चनपुर जिल्ला समितिले भूमिसम्बन्धी समस्या समाधान आयोगको भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासको स्थानीय तहबाट लगत सङ्कलन कार्यविधि–२०७७ र स्थानीयतहले लगत सङ्कलनमा पारेको अप्ठेरोको सम्बन्धमा शुक्लाफाँटा नगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।

जिल्ला अध्यक्ष रामबहादुर कार्कीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले ध्यानाकर्षण गराएको हो । अखिल (छैठौं) का महासचिव महेशराज जोशी, राजमो नेता पृथ्वी केसी, टुङे बोहरा, वीरबहादुर बोहरा, अखिल (छैठौं) जिल्ला सचिव पुष्कर भट्ट, युवा नेता बिस्नु पन्तसहितको प्रतिनिधि मण्डलले शुक्लफाँटा नगरपालिकाले जनतालाई आयोगको नाममा गरेको लुटको पर्दापास गरेको र सचेत हुन चेतावनी दिएको हो ।

ऐलानी जग्गा बसोबास गरेका जनताबाट घर करको नाममा वडा कार्यक्रमबाट पैसा असुल्ने गरेको थियो । नक्सासमेत नभएको बसोबास गरेकाहरूबाट पक्की घर र जमिनको भूमिकर र घरकरजस्ता अनैकौ रूपमा करअसुली गरेको छ । यस्तो कार्य छिट्टै रोक्न अध्यक्ष कार्कीले चेतावनी दिनुभयो र नगर प्रमुख ऐरीले गल्ती स्वीकारेर अब उप्रान्त यस्तो गल्ती नगर्ने बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाको तर्फबाट नगर प्रमुख दिलबहादुर ऐर, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र आयोगका तर्फबाट आयोगको नगरपालिकाका सदस्य को उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार