राष्ट्र र जनताको पक्षमा नीति निर्माण गर्नका खातिर गिलासमा मतदान : केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय जनमोर्चाका तर्फबाट राष्ट्रियसभाका उम्मेद्वारद्वय शिव पौडेल र शंकर बराललाई मतदान गरी विजयी बनाउन अपिल गर्नुभएको छ । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य, महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाका अध्यक्ष उपाध्यक्षहरुले मतदान गर्ने प्रावधान छ ।

यही माघ ९ गते हुने राष्ट्रिय सभामा रिक्त हुन लागेको १८ सदस्यको निर्वाचनका लागि राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशबाट शंकर बराल र प्रदेश ५ बाट शिव पौडेललाई उम्मेदवार बनाएको छ ।

अध्यक्ष केसीद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘राष्ट्रिय सभा सदस्यको रिक्त हुन लागेको १८ सिटका लागि २०७६ माघ ९ गते निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा राष्ट्रिय जनमोर्चाले भाग लिएको छ । गण्डकी प्रदेशमा शंकरप्रसाद बराल र ५ नं. प्रदेशमा शिवप्रसाद पौडेल अन्य समुहबाट उमेदवार हुनुहुन्छ । राष्ट्रिय जनमोर्चाले देशको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता, जनजीविका, न्याय तथा स्वतन्त्रताको पक्षमा र अन्यायको विरुद्धमा आवाज बुलन्द गर्दै आएको यहाँहरु सबैलाई विदितै छ ।

राष्ट्रिय सभामा राष्ट्रिय जनमोर्चाको प्रतिनिधित्व गराई राष्ट्र र जनताको पक्षमा नीति निर्माण गर्नका खातिर चुनाव चिन्ह गिलासमा मतदान गरी राजमोका उम्मेदवारलाई विजय गराउनका लागि सहयोग गर्न सम्पूर्ण प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षहरुलाई हार्दिक अपील गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार