रुपन्देहीमा गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षाको विषयमा अन्तरक्रिया सम्पन्न

राष्ट्रिय जनमाेर्चा जिल्ला समिति रुपन्देहीकाे आयाेजनमा “गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताकाे रक्षा बिषयक अन्तरक्रिया कार्यक्रमकाे सम्पन्न भएकाे छ। उक्त अन्तरक्रिया कार्यक्रमकाे कार्यपत्र राष्ट्रिय जनमाेर्चा केन्द्रीय सदस्य मनाेज भट्टले प्रस्तुत गर्नुभएकाे थियाे भने कार्यक्रममा अखिल (छैठौं) का केन्द्रीय अध्यक्ष बिमल पाेख्रेल, नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता नारायण जिसी, नेपाली काङ्ग्रेस रुपन्देहीका काेषाध्यक्ष दिपक क्षेत्रि न्याैपाने, देशभक्त जनतान्त्रिक माेर्चा नेपालका जिल्ला अध्यक्ष राम प्रसाद शर्मा, नेकपा (माले)का स्थाई कमिति सदस्य गाेपाल मणि गैातम लगायतकाे उपस्थित रहेकाे थियाे । कार्यक्रम राष्ट्रिय जनमाेर्चा रुपन्देहीका अध्यक्ष बद्रे आलमकाे अध्यक्षता राष्ट्रिय जनमाेर्चा रुपन्देहीका नेता नेत्र आचार्यकाे सञ्चालन र राष्ट्रिय जनमाेर्चा रुपन्देहीका सचिब टान बहादुर खत्रीकाे स्वागत मन्तव्यमा सम्पन्न भएकाे थियाे । त्यस्तै नेपाली भूभाग समेटेर भारतले जारी गरेको नक्साको विरोधमा राष्ट्रिय जनमोर्चा बुटवल उप- महानगरकाे आयाेजनमा बुटवल देखि सुनाैली नाकासम्म बाईक र्याली गरेको छ ।

भारतले नेपाली सीमा लिपुलेक, कालापानी लुम्पुवाधुरा क्षेत्रमा गरेको अतिक्रमणको विरोध गर्दै राष्ट्रिय जनमोर्चाले बाईक र्याली र सुनाैलि नाकामा पुगेर बिराेध सभा आयाेजना गरेकाे हाे। कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य भट्टले कालापानी क्षेत्र कब्जा गरी बसेको भारतीय सेनालाई फिर्ता पठाएर अतिक्रमित भूभाग फिर्ता गराउन सरकारले छिट्टै पहल कदमी चाल्नुपर्ने बताउनुभयो । भुमि रक्षा गर्नका लागि राजनीति नगरी सवै नागरिक सडकमा आउनुपर्ने बताउदै भट्टले गत कात्तिक १७ गते भारत सरकारले नेपालको दार्चुला जिल्लाको उत्तर पश्चिममा अवस्थित कालापानी, लिपुलेक र लिम्पीयाधुराको उच्च हिमाली भूभागलाई सामेल गरी आफ्नो नक्सा जारी गरेको छ । जसको विरोधमा राष्ट्रिय जनमोर्चाले देशभर विरोध प्रदर्शन गर्दै आएको पनि बताउनु भएकाे थियाे। र्यालीमा कालापानी, लिपुलेक हाम्रो हो, भारतीय सेना कालापानी छोड, मिचिएको भूमि फिर्ता गर, राष्ट्रियताको रक्षा गरौँ, हिमाल पहाड तराई कोही छैन पराई, भारतीय साम्राज्यवाद मुर्दावाद, राष्ट्रिय जनमाेर्चा जिन्दवाद, नेकपा मसाल जिन्दवाद जस्ता नारासमेत लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार