रूपन्देहीमा श्रमिक महिला दिवसको अवसरमा प्रशिक्षण

बुटवल । अखिल नेपाल महिला सङ्घ रुपन्देही जिल्ला समितिको आयोजनामा १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर महिला हिंसा, बलात्कार, हत्याको विरोधमा प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख आतिथ्यता राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गर्नुभएको थियो । प्रशिक्षण कार्यक्रममा केसीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको महत्त्व, देशको वर्तमान परिस्थिति महिला हिंसा, बलात्कार, हत्या महिलाहरूको अधिकार र महिला आन्दोलनमा सहभागिता आदि विषयमा प्रशिक्षण दिनुभयो ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको इतिहास र अखिल नेपाल महिला सङ्घले देशको आन्दोलनमा खेलेको भूमिकाबारेमा राष्ट्रिय जनमोर्चाका नेता बासुदेव पोखरेलले प्रशिक्षण दिनुभयो ।

त्यसै गरी राष्ट्रिय जनमोर्चाका जिल्लाध्यक्ष बद्रे आलम र कम्युनिस्ट सङ्ग्रहालय नेपालका अध्यक्ष चेतनाथ आचार्यले शुभकामना मन्तव्य दिनुभएको थियो ।

प्रशिक्षण कार्यक्रममा विभिन्न जनवर्गीय सङ्गठनको अध्यक्ष तथा प्रतिनिधिको पनि आतिथ्यता रहेको थियो ।

प्रशिणात्मक कार्यक्रमको अध्यक्षता अखिल नेपाल महिला सङ्घ रुपन्देही जिल्लाका अध्यक्ष भानु केसीले गर्नुभएको थियो भने सञ्चालन जिल्ला सचिव दुर्गा शर्माले गर्नुभएको थियो । सहिदको सम्झनामा एक मिनेट मौनधारण गरी अगाडि बढेको प्रशिक्षण कार्यक्रममा सहभागीहरूलाई स्वागत जिल्ला कोषाध्यक्ष लक्ष्मी कुँवरले गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार