रेल यात्राको दौरान सुखुराम घिसिङ्ग लापत्ता

धर्मराज शर्मा

कोट्टयाम, केरला

रानुपुर ५ रौतहट निबासी कृष्ण बहादुर घिसिङका छोरा सुखुराम घिसिङ्ग बर्ष ३० का गत हप्ताको गोरखपुरदेखि केरला आउने क्रममा लापत्ता भएका छन् ।

उनी रेलमा ५ जना साथिहरु सहित यात्रा गरि केरला आउने क्रममा ७ नोबेम्बर २०२० का दिन बिहान केरला राज्यको पालकाड रेलबे स्टेसनसम्म सँगै आएको उनका साथीहरु बताउँछन् ।

बिहानको समय भएको कारणले सबै साथीहरु सुतिरहेको क्रममा पालकाडबाट अगाडि आउँदै गर्दा सुखुराम घिसिङ्ग कहाँ उत्रीए भन्ने पत्ता लाउन साथिहरुले सकेनन् । साथिहरु चारैजना सम्बन्धित स्थानमा पुगि कोर्यन्टेनमा बसेको फोन सम्पर्कद्वारा जानकारी गराएका छन् ।

सुखुराम घिसिङ्ग कोट्टयाम जिल्ला अन्तर्गत कान्जिरापल्लिस्थित एक श्यानमेरिस रबड कम्पनीमा अस्थायी रुपले काम गर्दै आएका थिए । उनी लकडाउन पूर्ब नै स्वदेश आफ्नो घर गएका थिए । ऐले दिपावली स्पेसल रेल सञ्चालन भएको मौका पारि आफ्नो कार्यक्षेत्रमा आउँदै गर्दा रेलको यात्रामै लापत्ता हुन् पुगेका छन् । सँगै आएका साथिहरुसँग बुझ्दा यात्राको क्रममा उनलाई केही मानसिक अस्वस्त भएको साथिहरुले महसुस गरेको बताउँछन् ।

उक्त सुखुराम घिसिङ्गलाई कुनै महानुभाबहरुले फेला पारेमा साथीको सम्पर्क नम्बर 8110930120 र बिष्णु आचार्य 9074142656 मा तथा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा जानकारी गरिदिनुहुन अनुरोध गर्दछौं ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार