रोपडमा स्थापना दिवश मनाइयो

खिमराज चालिसे
रोपड । भारतस्थित नेपालीहरु विच आँखाको नानी सरह प्यारो संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको ४२औं स्थापना दिवशको कार्यक्रम र रोपड नगर समितिका संस्थापक सदस्य चन्द्र सापकोटाको विदाइ समारोहको कार्यक्रम भव्य र सानदाररुपमा सम्पन्न भएको छ ।

कार्यक्रमको शुरुमा गैडाकोट नगरपालिका ६ नवलपुर निवासी तथा मूल प्रवाह रोपडका संस्थापक सदस्य चन्द्र सापकोटालाई केन्द्रिय सदस्य एंव क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले स्मृती चिन्ह तथा प्रमाणपत्र दिएर सम्मान गर्नुभएको थियो ।

त्यसपछी मूल प्रवाह एकता समाजको स्थापना तथा चन्द्र सापकोटाको स्थानिय साँस्कृतिक क्षेत्र समेत सांगठानिक कार्यमा महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै वोल्ने वक्ताहरुमा मूल प्रवाहका केन्द्रीय सदस्य एंव सुदुर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटा, सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य छविलाल सापकोटा, शिवलाल लामीछाने, लक्ष्मी गुरुङ, जनजाति विभाग क्षेत्रका विलबहादुर गुरुङ, मूल प्रवाह नगरका सोभाराम सापकोटा, अ.ने.म.संघ गैडाकोट नगरपालिकाकी सोभादेवी सापकोटा र चन्द्र सापकोटा लगायत हुनुहुन्थ्यो ।

कार्यक्रम टेक बहादुर थापाको सञ्चालनमा तथा नगर अध्यक्ष मनिराम सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । जस्मा अतिथिहरूको आशन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनट मौनधारण पश्चात कलाधर सापकोटाले स्वागत भाषणवाट स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार