रोल्पामा बम विस्फोट हुँदा चार बालबालिकाको मृत्यु

काठमाडौं । रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा बम विस्फोटमा परी ४ बालबालिकाको मृत्यु भएको छ । बिहीबार भएको विस्फोटमा परी चार बालबालिकाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका– ७ का १४ वर्षीय लोकिराम डागी, ११ वर्षीया बिमला डागी, ५ वर्षीय विजय खत्री र सोही गाउँपालिका– ४ का १३ वर्षीय गौरव नेपाली रहेका छन् ।

तत्कालीन विद्रोही माओवादीले सशस्त्र द्वन्द्वका समयमा लुकाएर राखेको बम बालबालिकाहरूले खेल्ने क्रममा भेट्टाएको र विस्फोट भएको हुन सक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार