रोहतकमा भेला गरि महिला विभाग गठन

धर्म सुनार

रोहतक । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर अन्तर्गत महिला विभागको भेला गरी समिति गठन गरिएको छ । नगर सदस्य उषा विक र सिता परियारको पहल र क्षेत्रीय सदस्य मोहनसिंह विकको विशेष उपस्थितिमा सुरुभएको कार्यक्रमको अध्यक्षता माया नेपाली र सञ्चालन उषा विकले गर्नु भएको थियो ।

विश्व भरीका चिर परिचित शहीदहरुको यादमा एक मिनेटको मौनधारण पछी सुरुभएको कार्यक्रमा उपस्थित जनसमुदायलाई सिता परियारले शब्दद्वारा स्वागत गरनुभएको थियो ।

भेलाले सिता परियारको अध्यक्षतामा १९ सदस्यीय महिला नगर विभाग गठन गरिएको छ । जसमाः सचिव– मिना गौतम, कोषाध्यक्ष– उषा विक रहनुभएको छ । त्यस्तै सदस्यहरुमाः सोनिया बेलवासे, सरिता बस्याल, माया नेपाली, कल्पना परियार, सावित्रा दमासे, लक्ष्मी थापा, तारा गौतम र बिमला विक वैकल्पिक सदस्य मिना नेपाली, निशा थापा, मिना परियार, कमला पौडेल, मिनाक्षी विक सल्लाहाकार सदस्य देवी खरेल, सिता नेपाली र कविता सुनार रहनुभएको छ ।

भेलामा उपस्थित जनसमुदायलाई प्रमुख अतिथि मोहनसिंह विकले तात्कालिक देशको स्थिति र भारतमा संगठनको आवश्यकता बारे बताउनुभएको थियो । उहाँले अहिले नेपालमा राजनीतिक खिंचातानी र त्यसमाथी कोरोना महामारीले देश र जनतालाई चिन्तित बनाएको छ ।

भारतस्थित नेपालीहरुलाई पनि हाम्रो अभिभावकको भुमिका निभाउने संगठन एकता समाजमा आब्द्ध हुनुपर्ने जानकारी गराउँदै भारतमा समेत श्रमजीवी नेपालीहरुको अवस्था दयनीय भएको बताउनु भएको थियो । साथै नयाँ गठित टिमलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

रक्तिम विभागबाट बसन्त केसीले नगरमा रक्तिम कलाकार र सामाग्रीको अभावका कारण रक्तिम विभागलाई सञ्चालन गर्न कठिन भएको गुनासो राख्दै नगर समितिलाई ध्यानाकर्षण गर्नुपर्ने बताउनु भएको थियो ।

नेपाली समाचार साप्ताहिक पत्रिकाको ग्राहक बनी देश विदेशका विभिन्न समाचार अध्यान गर्नुपर्ने र हाम्रो आनलाईन एप्लिकेशन नेपाली एकता सबैसाथीहरुले आ–आफ्नो मोबाइलमा डाउनलोड गरी लाईक सेयर गरी हाम्रो मिडियालाई साथ सहयोग र हौसला बढाउन सम्बाददाता धर्म सुनारले नयाँ विचार राख्नुभएको थियो ।

त्यस्तै नगर समितिबाट सुभाष गौतम, महिला विभागबाट सावित्रा दमासेले पनि आ–आफ्नो भनाईका साथ विभागको नयाँ टीमलाई बधाई एवं शुभकामना ब्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार