रोहतकमा १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईयो

धर्म सुनार,

रोहतक । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतकको आयोजनामा १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाईएको छ ।

हो माया नेपालीको अध्यक्षता र नगर सचिव बल बहादुर विकको सञ्चालनमा अगाडि बढेको थियो । शहिदहरुको संझनामा एक मिनेट मौनधारण गरिएको सिता परीयारले कार्यक्रममा उपस्थित जनसमुदायलाई स्वागत गर्नुभएको थियो ।

क्षेत्रीय सदस्य मोहनसिंह विकले महिला दिवसको महत्व र उद्देश्यको बारे प्रष्ट्याउनु भएको थियो । भारत प्रवासमा नेपाली महिलाहरु माथी हुने विभिन्न प्रकारका शोषण, हत्या, हिंसाको विरुद्ध आवाज उठाउनु पर्ने मोहनसिंहले जोड दिनुभयो ।

त्यसैगरी नगर सदस्य गणेश शर्मा, विक्की परियार र हिसार रोडबाट धर्म थापा लगायतले बिचार राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार