लकडाउन खुकुलोसँगै राजमोद्वारा भेटघाट कार्यक्रम अगाडि बढायो

दाङ । राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले लकडाउन खुले बित्तिकै ठूलो संख्यामा कोरोना संक्रमीत जिल्लाको एक मात्र पहाडी स्थानीय निकाय बङगलाचुली गाउँपालिका पुगि साउन ८ र ९ गते विभिन्न नागरिकहरुलाई भेटघाट गर्नु भएको छ ।

भेटघाटको क्रममा विभिन्न नागरिकहरुले लकडाउनको पिरेडमा भोगेका पीडा, संक्रमीत र क्वारेन्टाइनमा रहँदा भएका समस्या तथा राज्यको लापरवाहीको बिरोध गर्दै अध्यक्ष आचार्यले गरेको सहयोगप्रती आभारी रहेनुका साथै धन्यवाद समेत दिएका थिए ।

भेटघाट तथा छलफलको क्रममा धेरै स्थानीय युबाहरु राष्ट्रिय जनमोर्चामा आवद्ध भएका थिए । उनीहरुले आफ्नो गाउँपालिकाको समग्र बिकास र अनियमित्ताका विरुद्धमा सक्रियता पुर्बक लाग्ने प्रतिबद्धता समेत जाहेर गरेका थिए । छिट्टै बङगलाचुली गाउँपालिकाको भेला गरि राष्ट्रिय जनमोर्चाको पालिका स्तरिय समिति गठन गर्ने योजना समेत आचार्यले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार