लक्ष्मण पन्थीको स्मृतिमा गुल्मीमा श्रद्धाञ्जली सभा

गुल्मी । राष्ट्रिय जनमोर्चा गुल्मीका जिल्ला सदस्य लक्ष्मण पन्थीको स्मृतिमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । राजमो गुल्मीको आयोजनामा उहाँकै निवास इस्मा गाउँपालिका हस्तीचौरमा श्रद्धाञ्जली सभा गरिएको हो ।

पन्थीको निधन भएको १३ औँ दिनमा भएको स्मृतिसभामा राजमो नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति थियो । कार्यक्रममा उहाँको फोटोमा माल्यार्पण गरी पन्थीले पार्टी र समाजलाई पुर्याउनुभएको योगदानको स्मरण गरियो ।

राजमो जिल्ला अध्यक्ष जीवन रानाले स्वर्गीय पन्थीप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टीले एउटा असल संगठनकर्ता गुमाएको बताउनुभयो । उहाको निधनबाट राजमोलाई अपूरणीय क्षती भएको बताउँदै शोकलाई शक्तिमा बदल्न अझै तनमनले संगठन निर्माण कार्यमा निरन्तर लागिरहनु पर्ने वताउनु भएको थियो।

माल्यार्पण गर्नेहरुमा राजमो जिल्ला सचिव छविलाल सर्तुङ्गी, उपाध्यक्ष रामेस्वर खत्री, अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला अध्यक्ष कमल अर्याल, अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय सदस्य गुमानसिङ पुन, राजमो जिल्ला कोषाध्यक्ष टेक बहादुर केसी, राजमो मदाने गाउँपालिकाका सचिव प्रेम अर्याल, अखिल नेपाल शिक्षक संगठन गुल्मीका अध्यक्ष नित्यानन्द अर्याल, प्रगतिशील पत्रकार संघ गुल्मीका अध्यक्ष हरि न्यौपाने हुनुहुन्थ्यो ।

यस्तै, राजमो रेसुङ्गा नगरपालिका सचिव शंकर प्रसाद पोख्रेल, राजमो इस्मा गाउँपालिकाका सचिव खुम बहादुर खत्री, राजमो मुसीकोट नगरपालिका सचिव ईस्वरी आचार्य, राजमो सत्यवती गाउँपालिकाका सचिव कलम पुलामी मगर लगायतका कार्यकर्ता समर्थक, शुभचिन्तक तथा पारिवारिक सदस्यहरुले पनि पन्थीको फोटोमा माल्यार्पण गर्दै उहाँप्रति सम्मान प्रकट गर्नुभएको थियो ।

राजमो जिल्ला अध्यक्ष जीवन रानाको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभाको सञ्चालन नर वहादुर विसीले गर्नुभएको थियो ।

राजमो जिल्ला सदस्य एवं इस्मा गाउँ समितिका अध्यक्ष पन्थीको ६५ वर्षको उमेरमा गत असार २६ गते आफनै निवासमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार