लमहिका युबाहरु राष्ट्रिय जनमोर्चामा प्रबेश

दाङ । दाङ देउखुरीको लमही नगरपालिकाका दर्जनौं युवाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युबक संघ लमही नगर समितिको आयोजनामा एक कार्यक्रमको आयोजना गरि युबाहरुलाई पार्टीमा प्रवेश गराइएको हो ।

नगर अध्यक्ष दधिराम पोख्रेलको अध्यक्षतामा भएको प्रवेश कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले समाजमा रहेको अन्याय, असमानता, भ्रष्टाचार र बेथितिका विरुद्ध युबाहरु सचेतता पुरबक लाग्नु पर्ने र राष्ट्रिय जनमोर्चा जस्तो क्रान्तिकारी र निस्कलङ्क छवि भएको राजनीतिक पार्टीमा सम्पुर्ण युबाहरु संगठित हुनु पर्ने कुरा बताउनु भयो ।

उक्त कार्यक्रममा रक्तिम साँस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार नारायण योगि राष्ट्रिय जनमोर्चा जिल्ला सचिव वसन्त राज पौडेल, अखिल नेपाल युबक संघका जिल्ला सदस्य डोरबहादुर केसीले मन्तव्य राख्नु भएको थियोे । कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य पदम प्रसाद गोराथोकी र लमही नगर अध्यक्ष हरि थापाको पनि आतिथ्यता रहेको थियोे ।
नितेश पौडेलको नेतृत्वमा प्रवेश गर्नेहरुमा सन्देश नेपाली, संदिप बुढा मगर, बिमल चौधरी, सुमित चौधरी, सरोज नेपाली, मिलन थापा, सन्तोष थापा मगर, प्रकाश राना, सन्देश डिसि, दीपेन्द्र योगी, दिपेन्द्र रेउले, अभिषेक भडेल, करन लामा, किस्मत बोहोरा, निरोज चौधरी, अनुप बस्नेत, मदन चौधरी, प्रदिप नेपाली, प्रेदेसी चौधरी, बम बहादुर राना मगर, लिला पुन मगर, धन बहादुर जिएम, टोपेन्द्र बुढा, जयन्द्र बिष्ट, अबिक नेपाली लगायत रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार