लिपुलेकबारे संक्षेपमा जानकारी दिने महत्वपूर्ण ‘बुकलेट’

काठमाडौं । अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरवराज रेग्मीले लेख्नुभएको पुस्तक ‘लिम्पियाधुरा, कालापानी, लिपुलेकमा भारतीय अतिक्रमण’ बजारमा आएको छ ।

४० पृष्ठको सानो तर गहकिलो पुस्तकमा भारतीय पक्षले अतिक्रमण गरेको लिम्पियाधुरा लगायतका क्षेत्रबारे जानकारी समावेश गरिएको छ । पुस्तकमा लिम्पियाधुरालगायतका क्षेत्रको ३१० वर्गकिलोमिटर क्षेत्रफल भारतले कसरी कब्जा गरिरहेको छ भन्ने कुरा संक्षेपमा चर्चा गरिएको छ।

यस्तै, देशका विभिन्न जिल्लामा गरी २३ जिल्लाको ६० हजार ६२७ हेक्टर जमिन भारतले अतिक्रमण गरेको ‘बुकलेट’ मा जानकारी छ । सरल भाषा शैली, संक्षेप तर तथ्यांकसहित प्रस्तुत गरिएको यो पुस्तक सीमाबारे चासो राख्ने सबैलाई उपयोगी हुन सक्छ ।

सावित्रा रेग्मीले प्रकाशन गर्नुभएको सगुन प्रिन्टर्स एण्ड सप्लायर्स प्रालिमा मुद्रित यस पुस्तकको मूल्य जम्मा ६० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार