लुधियानामा प्रकाशन भेला सम्पन्न

लुधियाना, २२ डिसेम्वर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना नगर समितिले प्रकाशन भेला सम्पन्न पारेको छ ।

मान वहादुर आलेको सञ्चालन तथा नगर अध्यक्ष उदैसिंह चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न अतिथिहरूको आशन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनट मौनधारण पश्चात वल वहादुर केसीले स्वागत मन्तव्य दिनुभएको थियो । भेलामा प्रमुख अतिथी मूल प्रवाहका केन्द्रीय सदस्य तथा सुदुर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले एउटा पत्रिकाले हजारौं कार्यकर्ताहरुको दृष्टिकोण विकास र समाज परिवर्तनको लागि अहम भूमिका निर्वाह गर्ने हुँदा प्रकाशनको महत्व रहेको कुरा वताउनु भएको थियो ।

सभामा विषेश अतिथि केन्द्रीय उपाध्यक्ष हिरासिंह चन्दले प्रगतिशील प्रकाशन नेपाली समाचारको प्रकाशन तथा वितरणको समस्याहरु वारे स्पष्ट पार्नुभएको थियो ।

त्यस्तै केन्द्रीय परिषद सदस्य दोर्ण पोखरेल, जनजाति विभागका मान बहादुर थापा, समता विभागका भगत सिंह, रक्तिम विभागका नारायण पौडयाल, महिला विभागकी सावित्रा न्यौंपाने, नगर समिति लुधियाना सिटीका रामचन्द्र पौडयाल, नगर समिति लुधियाना फोकलपांइन्टका धन बहादुर घर्ती, सिटी एरियाका शंकर परियार, सिविल लाइन एरियाका किरण खनाल, वाइपास एरिया नन्द राज भण्डारी, इंन्डस्ट्रियल एरिया ए का रवि शर्मा, इन्डस्ट्रियल एरिया वि का मान बहादुर थापा लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार