लुधियानामा माओदिवश कार्यक्रम सम्पन्न

लुधियाना । अन्तर्राष्ट्रिय एकताको लागि नेपाली जनताको मञ्च लुधियानाको आयोजनामा १२७ औं माओदिवसको कार्यक्रम सानदार रुपमा सम्पन्न भएको छ ।

नन्दराम भण्डारीको सञ्चालनमा तथा नगर अध्यक्ष उदैसिंह चन्दको अध्यक्षतामा‌ सम्पन्न कार्यक्रममा उपस्थित विभिन्न अतिथिहरुको अतिथि आशन ग्रहण पछी कार्यक्रममा प्रमुख अतिथीको आसानबाट मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष हिरासिंह चन्दले माओदिवश मनाउनुको महत्व तथा माओ विचारधारा र कार्यकर्ताहरुको दायित्व सम्वन्धमा वोल्नुभएको थियो । समारोहमा विद्यार्थी क्षेत्रीय संगठनका नविन चन्द लगाएतले वोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार