लुधियानामा मूल प्रवाहको देउसी भैलोको समीक्षा

चंडिगढ। मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्र लुधियाना नगर समितिको आयोजनामा प्रगतिशील देउसी भैलोको समीक्षा कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा समाजका केन्द्रीय उपाध्याय हिरासिंह चन्दले मूल प्रवाहको प्रगतिशील देउसी भैलोको महत्ववारे स्पष्ट पार्नुभएको थियो ।

समीक्षा कार्यक्रममा बोल्ने वक्ताहरुमा मूल प्रवाहका केन्द्रीय सदस्य बासुदेव भट्टराई, क्षेत्रीय सदस्य रामचन्द्र पौड्याल, हरि केसी, नगर समितीका राजकुमार शाही, रक्तिमका नारायण पौडयाल, फोकलपाइन्ट नगर सदस्य चेतमान आस्के, देवीराम थापा, महिला विभागकी बसन्ती माया, जनजाति विभागका धनबहादुर घर्ती मगर लगाएत हुनुहुन्थ्यो ।

अर्जुन कार्कीको सञ्चालनमा तथा धन प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत जनक रिजालले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार