लुधियानामा स्थापना दिवस मनाइयो

लुधियाना, ०७ नोवेम्वर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिद्धारा सञ्चालित लुधियाना नगर समितिले मूल प्रवाहको ४०औं स्थापना दिवसको कार्यक्रम सम्पन्न गरेको समाचार ढिलो गरि प्राप्त भएको छ ।

नर बहादुर विकको सञ्चालनमा तथा दोर्णप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कायक्रममा अतिथि आशन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरूप्रति एक मिनेट मौनधारण पश्चात केन्द्रीय सदस्य वासुदेव भटृराइले मूल प्रवाह एकता समाज समाजको गौरवमय ४० वर्षको इतिहासमा गरेका महत्वपूर्ण कार्यहरुको चर्चा गर्नुभएको थियो । भट्टराईले देशको जनतांत्रिक आन्दोलनमा समेत महत्वपूर्ण भूमिका निभाई रहेको कुरा दर्शाउनु भयको थियो ।

सो सभामा सुदुर पश्चिमोत्तर सदस्य उदय सिंह चन्द, नगर सचिव मान वहादुर आले, सदस्य शंकर परियार, समता विभागका भगत विक, सिविल लाइन एरियाका पदम पोखरेल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार