लुधियाना फोकल प्वाइन्टमा मूल प्रवाहको समिति गठन

खिमराज चालिसे,

लुधियाना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले लुधियाना फोकल प्वाइन्ट नगरसमिति अन्तर्गत जमालपुरमा संगठन विस्तार गरेको छ ।

नगर समितिका कार्यबहाक अध्यक्ष धनप्रसाद अधिकारी र नगर सचिव अर्जुन कार्कीको पहल तथा क्षेत्रीय सदस्य उदैसिंह चन्दको विषेश उपस्थितिमा सम्पन्न भेलामा मूल प्रवाहको आवश्यकता तथा समसामयिक राजनीतिका विषयमा व्यापक छलफल भएको थियो ।

भेलाले महलालको अध्यक्षतामा ११ सदस्यीय टोल समिति गठन गरेको छ । समितिको उपाध्यक्ष विनोद विक, सचिव संजना, सहसचिव अर्जुन सुनार, कोषाध्यक्ष यमकला र सदस्यहरुमा कमला परियार, गिता सुनार, सबिता, गौरव विक, प्रेमा गिरी, विनोद गिरी रहनु भएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार