वर्ग विहिन समाज निर्माण गरौं

खिमराज चालिसे (चंडिगढ)

जातिगत रंगका आधार ढालौं
वर्ग विहिन समाज निर्माण गरौं ।
रुढÞिवादी कु–संस्कार विरुद्ध अब
ज्वारभाटा शरि आन्दोलन गरौं ।।

अनुशासन र सभ्यता पढाउँदै
माक्र्सवादको सिद्धान्त सिकाउँदै ।
गाउँ वस्ती जगाउँदै हिडनु छ
संसार वदल्ने त्यो ज्ञान सिकाउँदै ।।

सहभोजको खेल धेरै देख्यौं
गाईको मासु खुवाउनेलाई पनि देख्यौं ।
वाहुनको जनै र टुप्पी काटने
अराजक उग्रहरु भनिने देख्यौं ।।

विचारका त्यी अपरिपक्कहरु
आफै क्रान्तिकारी भनिनेलाई देख्यौं ।
ठोस परिस्थितिलाई नै नबुझी
अन्धानुकरणको राजनीति देख्यौं ।।

संरचनाहरु जसकातस छन्
भौतिक आधार क्षती भए छन् ।
मानिस विच गहिरो भ्रम छर्दै
संरचना बचाउने होडमा छन् ।।

उता परिवर्तनका विरोधीहरु
मन्दमन्द मुस्कुराई रहेछन् ।
यथास्थितिमा समाज देख्न उनले
परिवर्तन विरुद्ध भ्रम छरे छन् ।।

जातपात र धर्मको लागि उनी
अन्धविश्वास जगत मै छर्दै छन।
कसैको पानी नचल्ने भन्छ बरै
कपड़ा र औजार चल्छ पो भन्छन् ।।

फलफुल चल्छ तर पानी चल्दैन
कस्तो गजवको चलन म बुझ्दैन।
रातो रगत सबैको हुन्छ भन्छ
तर यो समाजले कठै किन बुझ्दैन ।।

नपाक्दै फल, मासु, तरकारी चल्ने
रक्सी, कपडा औजार नि चल्छ रे ।
घर, मठ, मंदीर बनाउन मिल्छ
बने पछि भित्र पस्न न चल्ने रे ।।

त्यसैले वर्गीय त्यी आखाले हेरौं
जातिगत रंग विरुद्ध संघर्ष गरौं ।
भ्रम चिर्दै नया युग बनाऔ
नयाँ जनवादको आधार तैयार गरौं ।।

रुढिवादी विचारलाई ढालौं
अन्धविश्वास विरुद्ध अब सबै जागौं ।
सजक बनौ सतर्क बनाउँ
सामाजिक परिवेश विरुद्ध नै जागौं ।।

वर्गिय आन्दोलनको रेखा कोर्दै
चेतना जगाउँदै जनसंघर्ष गर्दै ।
विभेदकारी संस्कारला तोडदै
जनसंगठनका आधार जोडदै ।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार