पुँजीवादी ब्यावस्थाको यस्तो छ वरै चरीत्र ।
अति विभेद देख्दा पो पीडा हुन्छ मन भित्र ।
पुँजिवादले मंजदुरको श्रम चुसि पैसा गन्ने ।
श्रमिकको शोषण गरि आफै सर्वश्रेष्ठ बन्ने ।।
मंजदुरहरु यहाँ गाँस,बाँस,कपासलाइ रुने ।
सोह्र घण्टा खुन पसिना एक गर्दा पनि नहुने ।।
हाम्रो श्रममाथी महंगा ब्रांडेड कपडा लाउने ।
मंजदुरले शरीर ढाक्न सधै मालिकला धाउने ।।
पुजिँपति त आकाशै छुने महलमा रमाउँने ।
हामी भने पातिको बुकुरो भित्र नै रमाउने ।।
किन यति विभेद भयो सोध्ने ठाउँ छैन वरै ।
अतिरिक्त श्रमगर्नेहरुको हातल यस्तै छ वरै ।।
आफ्नो श्रमको मूल्य सकेनन् कहिल्यै बुझ्न ।
सोह्र घंटा कार्यगर्दै मालिक भगवान भन्दै पुज्न ।।
व्यवस्था यस्तै छ होड चल्छ श्रमलाई लुटन ।
अब नसहौ उठौ जुटौ पुजीवादलाई भुटन ।।
मंजदुरहरु सचेत, जागृति हुँदै अगाडी बढौं ।
भष्टचारीहरुको बिरोध गरौं एकजुट भै वढौं ।।
श्रमजीवीको भविष्यको सुनिश्चित अब गरौं ।
चुप बसेर हुन्न अव एकजुट भै प्रतिकार गरौं ।।
ब्यवस्थाको अन्त गरौं सडकदेखि सदन गइ ।
समाजको चिन्तन वदलौं अब एकजुट भई ।।
एकसाथ हातेमालो गरि यो ब्यवथाको मंथन ।
एकजुट हौ अव मजदुरहरु तोडौं सारा वन्धन ।।
जवतक एक हुदैनौ सकिदैन ब्यावस्था फाल्न ।
उठौं जुटौं मजदुरहरु अव भष्ट्राचारलाई फाल्न ।।
हातमा भाला कम्मरमा खुकुरि उदाउँछौ साथि ।
देशका हाम्रा दुश्मनलाइ भगाउन आउ साथि ।।
जरैदेखि गरिबीलाइ उन्मुलन हाम्ले गर्नु पर्छ ।
सिधा( साधा जनता लुटनेहरु भगाउन पर्छ ।।
नेपाल आमाको बाहादुर छोरा बनी आउ लडौ ।
आमाको रक्षामा आफ्नो प्राण आहुती गरौं ।।