वर्माको सैनिक ‘कू’ र विश्व राजनीतिक प्रश्न

सुरेशकुमार पाण्डे

अहिले भर्खर सोमबारको म्यानमारमा सैनिक ‘कू’ भएको खबर आएको छ । गतकालको नोवमबरमा भएको संसदिय निर्वाचनमा आङसाङ सुकीको पार्टीले ४७६ सिट मध्य ३९६ मा भारी विजय हासिल गरेको थियो । त्यस बारे चुनाव आयोगले पुष्टी पनि गरेको थियो । तर केहि समय पछि सेनाले ३१४ शहरहरुमा मतदानका दौरानमा भारी धा“दली भएको भन्दै चुनावमा गडबड भएको बताएको थियो । तर त्यसबारे कुनै आधिकारीक प्रमाण पेश गरिएको थिएनन् । आखिरमा ०१ फेब्रुअरी २०२१ सोमवार अचानक सैनिक ‘कू’ को समाचार आएपछि दुनिया“भरी हलचल पैदा गराएकोछ । कैंयौ“ देशहरुले सैनिक ‘कू’को व्यापक आलोचना गरेकाछन् ।

कैविनेटको मुख्य मुख्य मन्त्रालय र २५ फिसदी सिट सेनाको लागि आरक्षित राख्ने यो देशको संबैधानिक नियम भएको बताइन्छ । एउटा लोकतन्त्रिक प्रकृयाबाट भारी मतले जीत हासिल गरेकी सुकीको पार्टीलाई अपदस्त गरेर कमाण्डर ईन चिफ बरिष्ठ जनरल मिन आङ हलिङले सत्ता संबिधानको अनुच्छेदको धारा ४१७ लाई प्रयोग गरेर सत्ता हत्याएका छन् । उक्त धारामा देशको आपतकालिन स्थितिमा सैनिकले सत्ता आफ्नो हातमा लिन सक्ने प्राबधानछ । यो संबिधान सन २००८ मा सेनाले तैयार गरेको भनिन्छ ।

बर्मामा लामो समयसम्म ब्रिटिशको शासन रहि र स–साना राज्याहरुमा राजा रजौटेहरुको पनि शाशन रहेको थियो । भनिन्छ ब्रिटिश हुकुमतको बेला त्यो एकपटक भारतको हिस्सा पनि बनेको थियो, जो १९३७ सम्म रहेको थियो । पछि अंग्रेजहरु गएपछि भारतको आजादी पछि भारत र म्यानमारको बिचमा सन १९५१ मा शान्ति तथा मैत्रि सन्धि भएको थियो । भारत र म्यानमार बिच कैयौ“ सन्धि सम्झौता ईकरार नामाहरु हु“दै आएकाछन् । यो देशमा बौद्ध धर्मावलम्बि र मुश्लिमहरुको पनि बसोबासछ ।

सन १८४८ जनवरी ४ मा ब्रिटिश चंगुलबाट मुक्त भएको यो देशमा सन १९६२ सम्ममा लोकतान्त्रिक सरकार निर्वाचित भै राखेका थिए । २ मार्च १९६२ मा जनरल ने विनको नेतृत्वमा सेनाले तख्ता पल्टाएर सत्ता कब्जा गरेको थियो । सन १९८८ सम्म त्यहा“ एक दलिय सरकारले राज गरेको थियो । त्यहा“ निर्दलिय साशन प्रणाली रहेको थियो । जस्मा सैनिक अधिकारीहरुनै पालैपालो सत्ताशिन हु“दैगएका थिए । तर म्यानमार दक्षिण पूर्वी एशियाको सबैभन्दा ठुलो देश हो । जसको क्षेत्रफल ६,७८,५००बर्ग किलो मिटर छ । यो बिश्वको ४०औं ठुलो देशमा पर्छ । यसलाई ब्रम्हादेश, वर्मा यसको पुरानो नाम हो । भारतको पुर्व उत्तर राज्या र अरुणाचल प्रदेश तिर पनि कैयौ“ ठाउ“बाट सिमाना लाग्छ ।

सेना समर्थित दल बर्मा सोशिलिष्ट प्रोग्राम पार्टीको वर्चस्वलाई ठुलो धक्का त्यति वेला लागेको थियोे जब सन १९८८ मा एउटा सेना अधिकारीले सा“ मागले ठुलो पैमानामा चलेको जनआन्दोलनलाई जबरजस्ती कुल्चेर उनीहरुमाथि निर्मम दमन गरेर सत्ता हत्थाएको थियो र एउटा नया“ सैन्य परिषदलाई गठन गरेको थियो । त्यसले आन्दोलनकारीहरुलाई निकै कुल्चेको थियो । अर्को बर्ष नै यसले वर्माको नाम बदलेर म्यानमार राखेको थियो । भनिन्छ ब्रिटिशको साशनकालको दौरान यो देश दक्षिण पूर्व एशियाको सबैभन्दा धनी देश थियो । दोस्रो बिश्व युद्धको दौरानमा जापानीहरुस“ग बचाउ“न यहा“को ठुला–ठुला उद्योगहरु ब्रिटिशहरुले नै सखाफ पारेका थिए । त्यसपछि यो देशमा सैनिकहरुको ऐयाशिपुर्ण शाशनले गर्दा आज देश दुनिया“को गरिब मध्यमा पर्दछ ।

आङ साङ सुकी वर्माका राष्ट्रपिता कि छोरी हुन् । उनी बेलायतमै पढि हुर्किएकी थिइन् । उनको बाउको राजनीतिक हत्या भएको थियो । एन.एल.डि.को सन १९८८ को आन्दोलनको नेतृत्व गरेकी सुकीलाई तत्कालिन सैनिक सरकारले सन १९८९ जुलाई २० देखि घरमै नजर बन्द गरेको थियो । सन १९९१ मा नोवेल पुरस्कारले सम्मानित र त्यहि बर्ष शखारोब मानव अधिकार पुरस्कारबाट सम्मानित सुकिलाई ब्यापक जनदबाव र अन्तर्राष्ट्रिय दबावका कारणले सन १९९५ जुलाईमा नजर बन्द मुक्तगरेको थियो । उनी निर्वाशन जेल र नजर बन्द समेत भएका थिएनन् । तर पनि प्रजातन्त्रको पक्षमा लगातार लड्दै आएकि छिन् ।

अहिले फेरी उनलाई अर्को तानाशाहि सैनिकको सामना गर्नु परेको छ । भनिन्छ उनलाई फेरी नजर बन्द राखिएको छ । आजको एक्काईसौं शताब्दिमा पनि म्यानमारमा लोकतन्त्रलाई कुचल्ने र तानाशाहि ब्यबस्था लाद्ने दुस्प्रयास भएको छ ।

म्यानमारमा भएको सैनिक ‘कू’ले नेपालको राजनीतिमा पनि प्रत्यक्ष वा परोक्ष प्रकारले प्रभाव पार्ने सम्भावनालाई पनि अस्वीकार गर्न सकिंदैन । प्रधानमन्त्री केपी ओलीको मनमानी प्रकारको गतिविधि र देशमा भइरहेको प्रतिगामि शक्तिहरुको चलखेलले म्यानमारको घट्ना नेपालमा पनि नदोहोरिला भन्न सकिन्न । दक्षिण तर्फ रहेको छिमेकी देशले पनि नेपालको राजनीतिक अस्थिरता मै आफ्नो सुन्दर भविष्यको आंकलन गरिरहेको अवस्था छ । यसै नेपालको वर्तमान राजनीतिक परिवेशको फाइदा उठाएर आफू अनुकुल राजनीतिक परिवर्तन गरानउ सक्ने सम्भावना प्रवल रुपमा देखापरेको छ । यो विषम परिस्थितिमा सम्पूर्ण देशभक्त, जनतान्त्रि, गणतान्त्रिक शक्तिहरु एक जुट हुनुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार