वापीमा भव्य फूटवल खेल सम्पन्न

वापी । मूल प्रवाह अखील भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने वापी (पूर्व) नगर समितिको आयोजनामा नगर अध्यक्ष भुवन सिंह धामीको अध्यक्षता र चेतनाथ ढकालको सञ्चालनमा फुटबल खेल सम्पन्न भएको छ ।

यस कार्यक्रममा केन्द्रीय सदस्य एवं क्षेत्रीय अध्यक्ष बेदबहादुर कार्कीको प्रमुख आतित्थ्यता रहेको थियो । त्यस्तै केन्द्रीय सल्लाहकार श्रीधर शर्मा, क्षेत्रीय माहिला विभाग कि शोभा धामी, चन्द्र विक, गनबहादुर राना र आर.सी. भट्ट लगायतले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।

खेलमा कुल ९ टिमले भाग लिएका थिए । जसमा चला बोम बहादुर सिकेको टिम प्रथम, चनोद भुवनसिह धामीको टिम दोश्रो भएको थियो । प्रथम हुने टिमलाई केन्द्रीय सदस्य एवं क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्कीले मेडल र ट्रफी तथा द्वितीय हुने टिमलाई केन्द्रीय सल्लाहकार श्रीधर शर्माले मेडल तथा ट्रफी वितरण गर्नु भएको थियो ।

अन्तमाः अध्यक्ष भुवनसिंह धामीले सम्पुर्ण खिलाडीहरूलाई बधाई तथा खेललाई सौहार्द बातावरणमा सपन्न पार्न सहयोग गरेकोमा धन्यबाद दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार